Trending
flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित

विपद्को तयारीमा सरकार पूरै असफल देखियो : रास्वपा

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार, गठबन्धन र गठबन्धनमा आवद्ध राजनीतिक दल र कार्यकर्ताहरु रवि, रास्वपा र सहकारीमा मात्रै केन्द्रित भएको निस्कर्ष निकालेको छ।

आईतवार पार्टी कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकले सो निस्कर्ष निकालेको हो। बैठकले रवि, रास्वपा र सहकारीमा सरकार र गठबन्धनका दलहरु अड्किँदा विपद्जन्य घटनाहरुमा तयारी नगरेको आरोप रास्वपाको छ। बैठकका निर्णय सुनाउँदै पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले प्राकृतिक विपत्ति आउँदा समेत राज्य तयार नहुनु दुःखद् रहेको बताए। उनले सरकारी संयन्त्रले गर्नुपर्ने दायित्वमै सरकार चुकेको बताए। उनले सरकारले संवेदनशीलता नदेखाएको र अक्षमता र अकर्मण्यता देखाएको आरोप लगाए।

उनले भने, ‘सरकार, गठबन्धन, गठबन्धनमा आवद्ध राजनीतिक दल र कार्यकर्ता सबै यही तीन वटाको सबैको राजनीति भनेको तीन खम्बामा अड्किएको छ। रवि, रास्वपा र सहकारी। अरु त्यो बाहेक कसैले केही सोचिरहेको नै थिएन। त्यसैले गर्दा होला, यस्तो प्राकृतिक विपत्ति आउँदा कोही तयार नै थिएन। आवश्यक परेको बेलामा के गर्नुपर्छ सरकारी संयन्त्रले भन्ने कुरामा चुक्यो।’

उनले विपद्को तयारीमा सरकार असफल भएको बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP