Trending
flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित

संघीयताले जनतालाई प्रत्यक्ष लाभ दिन सक्नुपर्छ : सभामुख घिमिरे

काठमाडौं : सभामुख देवराज घिमिरेले संघीयताको माध्यमबाट जनतालाई प्रत्यक्ष लाभ दिनेकुरामा जोड दिनुपर्ने बताएका छन्।

बुधबार सिंहदरबारमा आयोजित प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले संविधान संशोधनका लागि वर्तमान सरकार बनेको भन्नेकुराहरु प्रत्यक्ष र अपरोक्ष रुपबाट आइरहेको बताए। उनले अहिले संघीयता नै बेठिक भयो भन्नेगरी आक्रमण भइरहेको भन्दै संघीयता कानूनअनुसार चल्ने हो भने राम्रो रहेको बताए।

उनले मनोगतभन्दा तथ्यगत आधारहरु हेरेर संघीयताको मूल्यांकन गर्नुपर्ने बताए। उनले आगामी दिनमा संघीयता अझ प्रभावकारी बनाउन, संघीयताको माध्यमबाट जनतालाई प्रत्यक्ष लाभ दिन र संघीय प्रणालीको संयन्त्रबाट कामहरु प्रभावकारी सम्पन्न गर्ने वातावरण निर्माण गर्न जरुरी रहेको बताए।

उनले भने, ‘अहिले संविधान संशोधनको खातिर पनि यो सरकार बनेको हो भन्नेकुराहरु प्रत्यक्ष र अपरोक्ष रुपबाट आइरहेको छ। त्यो गर्ने प्रक्रियामा कहिले जान्छ, कसरी जान्छ? प्रक्रिया के हुन्छ एउटा कुरा भयो। तर जे भए पनि अहिले निकै ठूलो अट्याक के छ भने संघीयता नै बेठिक थियो, बेठिक छ र तीन तहको सरकार बढी खर्चिलो भयो, यो प्रशासनिक रुपमा मात्रै गए। म व्यक्तिगत रुपबाट अस्वीकार गर्छु। किनभने त्यो मनोगत कुराहरु छ, तथ्यगत रुपमा कुराहरु छैन। आगामी दिनमा संघीयता अझ प्रभावकारी बनाउन, संघीयताको माध्यमबाट जनतालाई प्रत्यक्ष लाभ दिन र हाम्रो संघीय प्रणालीको संयन्त्रबाट कामहरु प्रभावकारी ढंगबाट कामहरु गर्नका लागि यसको भुमिका महत्वपूर्ण छ।’

सभामुख घिमिरेले संघीयता विकासको वाधक भयो भन्ने कुरामा आफू असहमत रहेको बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP