Trending
flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित

रविलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

 

काठमाडौं : सहकारी ठगीको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ।

बिहीबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो। बिहीबारबाट लागू हुने गरी अदालतले ७ दिनको म्याद दिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्माले थाहाखबरलाई जानकारी दिए।

लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता नारायण घिमिरे, डा नारायण कडेल, रास्वपा सांसदसमेत रहेकी सोविता गौतम लगायतले बहस गरेका थिए ।

कास्की जिल्ला अदालतले हिरासतमा राखेर अनुसन्धान गर्न गतशुक्रबारदेखि लागू हुनेगरी दिएको ६ दिनको म्याद बुधबार सकिएपछि उनलाई बिहीबार अदालत पेश गरिएको हो।

उनको बयान नसकिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। प्रहरीले लामिछानेमाथि सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान गरिरहेको छ

अदालतले रविसहित पूर्वडीआइजी छविलाल जोशी र लिला पछाई‌लाई पनि थप ७ दिन म्याद थपको अनुमति दिएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP