Trending
flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित

सरकार आफ्नालाई जोगाएर विपक्षी नेतालाई छानीछानी जेल हाल्न थाल्यो : सापकोटा

 

काठमाडौँ : नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकारले आफ्ना दलका नेताहरूलाई जोगाउने र विपक्षी दलका नेताहरूलाई कारबाही गरिरहेको आरोप लगाएका छन्।

बिहीवार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित पत्रकार सम्मेलनका क्रममा उनले यस्तो आरोप लगाएका हुन्। उनले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वका वेला कसैलाई पनि पक्ष/विपक्ष नभनी कारबाही गरिए पनि अहिलेको सरकार विपक्षी दलका नेताहरूलाई मात्रै लक्षित गरेर कारबाही गरिरहेको बताए।

उनले विपक्षी नेताहरूलाई छानी छानी मुद्दा लगाउने र जेल हाल्ने काममा केन्द्रित भएको बताए। उनले नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङ र नेकपा एमालेका नेता ऋषिकेश पोखरेललाई प्रमाण हुँदाहुँदै पनि खुला रूपमा संरक्षण गरेको आरोप लगाए।

सापकोटाले भने‚ ‘हाम्रो पार्टीको सरकारले कानून र प्रमाणले भेटेसम्म जसलाई पनि कारबाही गरे हुन्छ भन्ने मान्यताका आधारमा कारबाही गरेको थियो। अहिलेको सरकारले विपक्षी दलका नेताहरूलाई छानी छानी मुद्दा लगाउने, जेल हाल्ने गरेको छ भने आफ्ना नेताहरूलाई जोगाइरहेको छ। तपाईंहरुलाई थाहा छ, नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङ, नेकपा एमालेका ऋषिकेश पोखरेल लगायतलाई प्रमाण हुँदाहुँदै पनि खुला रुपमा संरक्षण गरिएको छ।’

पत्रकार सम्मेलनका क्रममा माओवादी केन्द्रले कार्तिक १० गते सरकारलाई उत्तरदायी बनाउन खबरदारी सभा गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP