Trending
flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान

सहकारी ठगीको दोषीमा परेका कसैलाई छाडिँदैन : मन्त्री गुरुङ

 

लमजुङ : सरकारले सहकारी ठगीसम्बन्धी छानविन गर्न संसदीय छानविन समितिको प्रतिवेदनले दोषी देखाएका सबैमाथि सरकारले अनुसन्धान अघि बढाउने बताएको छ।

रास्वपाका सभापति रवि लामिछाने पक्राउ परेपछि अनुसन्धान प्रभावित पार्न र न्यायालयमाथि दबाब दिन सडकमा बितण्डा मच्चाइरहेको बेला सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अनुसन्धान नरोकिने प्रष्ट बताएका हुन्। मन्त्री गुरुङले जतिसुकै ठूलो दबाब आए पनि सहकारी ठगीमा अनुसन्धान नरोकिने बताए।

‘माननीय सूर्य थापा नेतृत्वको सर्वपक्षीय संसदीय छानविन समितिको प्रतिवेदनलाई सरकारले कार्यान्वयन अघि बढाएको छ। यही क्रममा ६ सयजना जति अनुसन्धानको दायरामा आई पक्राउ परेका छन्। रबि लामिछाने पनि उही क्रममा पक्राउ परेका हुन्। कोही भ्रममा पर्नु वा भ्रममा पार्न जरुरी छैन,’ एमाले लमजुङले आज आयाजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा सञ्चार मन्त्री गुरुङले भने।

उनले सरकार सुशासनमा दृढताका साथ अघि बढेको भन्दै रोक्न कोशिष गर्नेहरुको अभियान सफल नहुने र दोषी प्रमाणित भए सजाय भोग्न तयार हुनुपर्ने प्रष्ट पारे।

‘सहकारी ठगीमा सत्तापक्ष र बिपक्षी भन्ने हेरिन्न, छानविनका दायरामा परेका सवैमाथि अनुसन्धान अघि बढछ, सडकमा जतिसुकै भिड देखाए पनि केही हुनेवाला छैन,’ मन्त्री गुरुङले भने।

उहाँले अपराध गर्ने जोकोही पनि अव बच्न नसक्ने तथ्यलाई आत्मसात गरी अनुसन्धानमा सहयोग गर्नुको विकल्प नरहेको प्रष्ट मान्यता पनि सुनाए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP