काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले आगामी उपनिर्वाचनमा आम मतदाताले काँग्रेस, एमाले र माओवादी केन्द्रलाई पराजित गर्नुपर्ने बताएका छन्।
तीनवटै ठूला पार्टी भ्रष्ट भएको र उनीहरूले देशलाई बर्बाद बनाएकाले आगामी उपनिर्वाचनमा जनताले उनीहरूलाई पराजित गर्नुपर्ने अध्यक्ष लिङदेनको जिकिर थियो। पार्टीको कीर्तिपुर नगर कमिटीले मंगलवार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले ठूला दललाई उपनिर्वाचनमा मत दिएर देशलाई बर्बाद बनाउने काममा आफैँ सहभागी हुने काम कसैले पनि गर्न नहुने बताए।
अध्यक्ष लिङदेनले रवि लामिछाने नेतृत्वको रास्वपालाई हावादारी पार्टीको संज्ञा दिँदै उक्त पार्टीसँग देशलाई अघि बढाउने कुनै योजना नभएको दाबी गरे। उनले आफ्नो पार्टी मात्रै सुशासनको पक्षधर पार्टी रहेकाले जनताले उपनिर्वाचनमा साथ दिने विश्वास समेत व्यक्त गरे।
अध्यक्ष लिङदेनले भने, ‘राप्रपालाई भेट नदिएर त्यही काँग्रेस, एमाले र माओवादीलाई भोट दिने? देश यत्रो बर्बाद भयो। अनि यो बर्बादीमा आफैँ सहभागी हुने ? म फेरि पनि भन्छु– नेपालको राजनीतिमा राप्रपा बाहेक भ्रष्टाचारको विरोधी, सुशासनको पक्षधर पार्टी कुन छ ? भन्नुस्।’
अध्यक्ष लिङदेनले आफ्नो पार्टीले जितेका स्थानीय तहले नमूनायोग्य काम गरेको भन्दै उपनिर्वाचनमा जनताले साथ दिने विश्वास व्यक्त गरे।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया