Trending
flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित

शैलजा आचार्य हृदय रोगकेन्द्रको स्तरोन्नति गर्दै सरकार

काठमाडौं : पूर्वाधार अभावमा सेवा उपलब्ध गराउन समस्या भोगिरहेको विराटनगरस्थित शैलजा आचार्य हृदय रोग उपचारकेन्द्रलाई स्तरोन्नति गर्न सघाउने स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले प्रतिबद्धता व्यक्त गरेका छन्।

मन्त्री पौडेल र कोशी प्रदेशका स्वास्थ्यमन्त्री भूपेन्द्र राईसहितको बैठकले स्तरोन्नति गरी पूर्ण क्षमतामा सञ्चालन गर्न संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गर्न लेखी पठाउने गरी निर्णय गरेको छ।

अब कोशी प्रदेश सरकारबाट हस्तान्तरण भएपछि केन्द्रलाई मुटुसम्बन्धी उपचारका लागि आवश्यक उपकरण र थप पूर्वाधारको विकास गरेर सञ्चालनमा ल्याउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक समन्वय गरेर काम थाल्ने बैठकमा मन्त्री पौडेलले बताए।

‘विशिष्टीकृत रोगको उपचार हाम्रो दायित्व हो’, मन्त्री पौडेलले भने, ‘सातै प्रदेशमा मुटु रोगको उपचारका लागि हामीले कार्यक्रम थालिसकेका छौं। कोशी प्रदेशमा स्थापित केन्द्रलाई सबल बनाएपछि प्रदेशलाई हस्तान्तरण गरिनेछ।’

गत महिना विराटनगरमा केन्द्रको निरिक्षण गरेका मन्त्री पौडेलले प्रदेश मातहत विकासमा मन्त्रालयलाई जटिलता रहेको भन्दै संघ मातहत जिम्मेवारी प्राप्त भएमा स्तरोन्नतिका लागि उपकरणसहितका पूर्वाधार तयार पार्ने घोषणा गरेका थिए।

कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा स्वास्थ्यमन्त्री भुपेन्द्र राईले संघ सरकारलाई स्तरोन्नतिका लागि आग्रहसहित निश्चित अवधि हस्तान्तरणका लागि आवश्यक प्रक्रिया पूरा गर्ने प्रतिबद्धता जनाए।

प्रदेशबाट निर्णय भएर आएलगत्तै मन्त्रालयले स्तरोन्नतिको काम थाल्ने मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले जानकारी दिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP