Trending
flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित

पर्वतका बलात्कार आरोपी पोखराबाट पक्राउ

 

पर्वत : जिल्ला प्रहरी कार्यालय पर्वतले जबरजस्ती करणी मुद्दामा पाँच महिनादेखि फरार रहेका प्रतिवादीलाई पक्राउ गरेको छ।

पर्वतका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रविन विष्टका अनुसार जिल्लाको फलेवास नगरपालिका–६ देवीस्थानका २५ वर्षीय शक्ति श्रेष्ठलाई कास्कीको पोखरा महानगरपालिका–३३ बागमारामा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको हो।

परिवर्तित नाम थर कालीगण्डकी (०१) (०८१/०८२) को जाहेरीका आधारमा करणी सम्बन्धी कसुर अन्तर्गत जबरजस्ती करणी गर्न नहुने मुद्दाको अनुसन्धान भइरहेको अवस्थामा श्रेष्ठ फरार रहेका थिए। तर पर्वत प्रहरीले विशेष सूचना तथा प्राविधिक विश्लेषणका आधारमा घटना भएको भनिएको पाँच महिनापछि उनलाई पक्राउ गरेको हो। पक्राउ परेका श्रेष्ठलाई पर्वत जिल्ला अदालतबाट १० दिनको म्याद थप प्राप्त गरी थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक विष्टले बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP