Trending
flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित

अख्तियार दुरुपयोगसम्बन्धी विधेयक चाँडै संसदमा लैजान्छौँ : सभापति खतिवडा

 

काठमाडौँ : संसदको राज्य व्यवस्था तथा सुशासन समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयक चाँडै सदनमा लैजाने गरी तयारी थालेको छ।

सोमवार सिंहदरबारमा बसेको समितिको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयक चाँडै संसदमा लैजाने गरी तयारी थालेको समितिका सभापति रामहरि खतिवडाले जानकारी दिए।

उनले बैठकमा विधेयकका बारेमा धेरै राम्रो छलफल भएको बताए। प्रदेशमा अख्तियार के गर्ने? बेनामे उजुरी के गर्ने? नीतिगत भ्रष्टाचारको बारेमा के गर्ने? भन्नेबारेमा समिति स्पष्ट हुनुपर्ने जरुरी रहेको उनको भनाइ छ।

उनले भने, ‘आज राम्रो छलफल भएको छ। अख्तियारका बारेमा आएका विधेयकको बारेमा हामीले रिटायर्डपछि लैजाने÷नलैजाने एउटा छ। उपसमितिलाई पनि क्राइटएरिया भित्र पर्छ जस्तो लाग्छ। अख्तियारमा मुद्दा परेको समयावधि कति समयभित्र अन्त्य गर्ने भन्नेमा केन्द्रित भएर उपसमितिले छिट्टै प्रतिवेदन ल्याउने आशा गरेका छौँ। एकपटक संशोधनकर्ता मान्य सदस्यहरूसँग बसेर हामी यसलाई छिटोभन्दा छिटो यो विधेयक हामी संसदमा लैजाने प्रयासमा छौँ।’

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP