Trending
flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित

राजादेखि माओवादीसम्म अटाउने व्यवस्था उपयुक्त : अध्यक्ष थापा

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले राजादेखि माओवादीसम्म अटाउने व्यवस्था नेपालका निम्ति उपयुक्त हुने बताएका छन्।

आइतवार वीरगञ्जमा पार्टीको तराई-मधेश राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन्। उनले हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापनाको एजेण्डालाई आफूहरूले सँगै अघि बढाइरहेको बताए।

उनले अहिले देश संकट नै संकटको चक्रव्युहमा फसेको बताए। उनले तराई-मधेश उत्थानको महत्त्वपूर्ण मुद्दाका रूपमा अहिले कायम रहेको भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट देशलाई मुक्त तुल्याउनु रहेको दावी गरे।

उनले विगत १८ वर्षदेखि अवलम्बन गरिएको त्रुटिपूर्ण अवधारणा र संरचनामा सुधार गर्नुपर्ने बताए। उनले सबै राजनीतिक शक्ति र विचार अटाउन सक्ने नेपाली संस्करको मौलिक प्रजातन्त्र स्थापनाका निमित्त पहल गर्नुपर्नेमा जोड दिए।

थापाले भने, ‘तराई-मधेश उत्थानको महत्त्वपूर्ण मुद्दाका रूपमा अहिले कायम रहेको भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट देशलाई मुक्त तुल्याउनु पनि महत्त्वपूर्ण र अभिन्न अंग हुनुपर्छ। विगत १८ वर्षदेखि अवलम्बन गरिएको त्रुटिपूर्ण अवधारणा र संरचनामा सुधार गर्नुपर्छ। सबै राजनीतिक शक्ति र विचार अटाउन सक्ने नेपाली संस्कारको मौलिक प्रजातन्त्र स्थापनाका निम्ति पहल गर्नुपर्छ। राजादेखि माओवादीसम्म सबै अटाउने व्यवस्था नेपालको निमित्त उपयुक्त हुन्छ। हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापनाको एजेण्डालाई पनि सँगै अघि बढाउनेछौँ।’

अध्यक्ष थापाले भ्रष्टाचारको मुद्दामा छानबिन शुरु भएसँगै प्रमुख राजनीतिक दलहरू एकै ठाउँमा उभिएर भ्रष्टाचारीलाई जोगाउने प्रयासमा लाग्ने गरेको आरोप लगाए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ठाउँमा मन्त्रिपरिषद्ले गरेका अनियमितता र भ्रष्टाचार छानबिन गर्नसक्ने अधिकार सम्पन्न निकायका लागि संविधान संशोधन हुनुपर्ने बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP