Trending
flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित

कांग्रेसको १०० दिने विषेश अभियान बैतडीमा पनि सञ्चालन

बैतडी : नेपाली कांग्रेसको एकसय दिने विषेश अभियान बैतडीमा सञ्चालन भएको छ। पार्टीको सांगठनिक गतिविधिलाई प्रभावकारी बनाउन अभियान सुरु गरिएको नेपाली कांग्रेस बैतडीका सचिव देवराज जोशीले जानकारी दिए।

नेपाली कांग्रेस केन्द्रीय समितिले देशभर नै एक सय दिने विषेश अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार यहाँ पनि अभियान सञ्चालन गरिएको हो।

अभियानका लागि प्रतिनिधिका रुपमा नेपाली कांग्रेस केन्द्रिय समितिले बैतडीमा केन्द्रीय सदस्य एवं पर्यटन विभाग संयोजक आंगेलु शेर्पालाई खटाएको छ।

केन्द्रीय प्रतिनिधि शेर्पाको प्रमुख आतिथ्यतामा बैठक बसेर अभियान सुभारम्भ गरिएको नेपाली कांग्रेस बैतडीका कार्यवहाक सभापति वीरबहादुर विष्टले बताए। उनले भने,“ केन्द्रीय प्रतिनिधिज्यूको प्रमुख आतिथ्यतामा बृहत बैठक बसेर १०० दिने अभियानको बारेमा,समसामहिक राजनीति, प्रशिक्षण र अभियान कार्यान्वयन गर्न १० वटै पालिकामा संयोजक समेत तोकेका छौँ।”

यसका साथै केन्दीय प्रतिनिधिले जिल्लामा रहेका भ्रातृ र शुभेच्छुक संघसंस्थाहरुसंग अन्तरक्रिया गरेर सांगठनिक अवस्था, समस्या, चुनौती लगायतका विषयमा पनि छलफल गरेका छन्।

पहिलो चरणको अभियान दशरथचन्द नगरपालिकाबाट शुरु भएको र मेलौली नगरपालिका पुगेर सम्पन्न हुनेछ।

मंसिर १४ गतेसम्म दशरथचन्दमा, मंसिर १५ देखि दुई दिन सुर्नया गाउँपालिकामा, मंसिर १७ देखि दुई दिन पाटन नगरपालिकामा र मंसिर १९ गते मेलौलीमा अभियान सञ्चालन हुने जनाएको छ।

पहिलो चरण सम्पन्नपश्चात केन्द्रिय प्रतिनिधिसंगको आवश्यक परामर्श र छलफलपछि दोस्रो चरणको मिति तोकिने कार्यवहाक सभापति विष्टले बताए।

अभियानका क्रममा छलफल, अन्र्तक्रिया, प्रशिक्षणका कार्यक्रम गरिनेछ। जसमा पार्टीको आन्तरिक जीवन,विधान,स्थानीय एजेन्डा,साधारण सदस्य, क्रियाशील सदस्य नविकरण र सामामहिक राजनीति, कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि र पार्टीबीचको समन्वयलगायतका विषयमा छलफल,अन्र्तक्रिया र प्रशिक्षण हुनेछ।

अभियानकै लागि जिल्लाका १० वटै स्थानीय तहमा संयोजकसमेत तोकिएका छन्। दशरथचन्द नगरपालिकामा रमेश बोहरा,पञ्चेश्वर गाउँपालिकामा रमेश सिंह भण्डारी, शिवनाथ गाउँपालिकामा दशरथ चाँड, मेलौली नगरपालिकामा सेरीराम पार्की, पाटन नगरपालिकामा विष्णु जोशी, सुर्नया गाउँपालिकामा जय बहादुर कुँवर, पुर्चौडी नगरपालिकामा कर्ण बोहरा, डिलाशैनी गाउँपालिकामा कर्ण राना, सिगास गाउँपालिकामा तेज बहादुर साँउद र दोगडाकेदार गाउँपालिकामा भानदेव भट्टलाई संयोजक तोकिएको छ।

अभियानपछि पार्टीलाई थप मजबुद बनाउन रणनीति निर्माण गरिने र पार्टीका सबै तहका सांगठनिक गतिविधि प्रभावकारी हुने विश्वास गरिएको छ।

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP