Trending
flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित

सहकारी ठग आरोपी रविको आज पनि बयान

काठमाडौं : सहकारी ठगीमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको आज पनि बयान जारी छ। जिल्ला प्रहरी परिसरको हिरासतमा रहेका लामिछानेको जिल्ला सरकारी वकिलको कार्यालयमा बयान चलिरहेको हो।

शुक्रबार बयान दिएका लामिछानेको आज थप बयान लिइरहिएको हो। उनलाई गत बिहीबार पोखराबाट काठमाडौं ल्याइएको थियो। स्वर्णलक्ष्मी सहकारी संस्थाको रकम अपचलनमा पनि दोषी देखिएको भन्दै उनलाई काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो।

स्वर्णलक्ष्मीबाट लामिछानेले व्यक्तिगत र जिबी राईसँग मिलेर ऋण लिएको तथ्यमा टेकेर उनीमाथि थप अनुसन्धान भइरहेको हो।

यसअघि पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएपछि कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरी पोखरा पुर्‍याइएको थियो। पछिल्लोपटक कास्की अदालतले लामिछानेमाथि १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

काठमाडौंमा बयान सकिएलगत्तै लामिछानेलाई चितवन लैजाने तयारी छ। साहारा चितवन सहकारीका २४ बचतकर्ताले पूरक जाहेरी दिएपछि पक्राउ पुर्जी जारी भइसकेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP