Trending
flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित

संसद् अधिवेशनका लागि सांसदहरू नै तयार देखिनुहुन्न : सभामुख घिमिरे

 

काठमाडौँ : सभामुख देवराज घिमिरेले सरकारले आफ्नो आवश्यकता हेरेर मात्रै कानूनमाथि छलफल गर्ने परिस्थिति अन्त्य गर्नुपर्ने बताएका छन्।

मंगलवार ललितपुरमा भएको सभामुखसहित समिति सभापतिहरूसँगको अन्तरसंवादमा बोल्दै सभामुख घिमिरेले यस्तो बताएका हुन्। उनले संसद् कानून बनाउने थलो भए पनि वर्तमान संसद्ले कानून बनाउन नसकेको स्वीकार गरे। उनले संसद्‌मा कानून ल्याउँदा सरकारले आफ्नो आवश्यकता, अध्ययन, बुझाइबाट ल्याउने र त्यही आधारमा संसद्‌मा छलफल गर्ने स्थिति रहेको भन्दै त्यसलाई अन्त्य गर्न जरुरी रहेको उल्लेख गरे।

उनले सरकारले कानून उत्पत्ति गर्दै सांसदहरूको सहभागिता बनाउने प्रबन्ध गर्न आवश्यक रहेको बताए। उनले आगामी संसद् अधिवेशन कहिले बोलाउने भन्ने विषय सांसद्हरूको भूमिकामा निर्भर हुने बताए। उनले अहिले सांसदहरू नै संसद् अधिवेशनका लागि तयार नदेखिएको बताए। उनले समितिहरूले संसद्‌मा पेश भएका विधेयकलाई फूल हाउसमा लैजाने गरी तयारी गरी संसद् अधिवेशन छिटो बोलाउन दबाब दिनुपर्ने माग गरे।

सभामुख घिमिरेले भने, ‘कानून उत्पत्ति गर्दै सांसदहरूको संलग्नता कसरी गर्ने भन्ने हाम्रोमा प्रबन्ध भएको छैन। कानून आयोग छ। कानून आयोगलाई कानूनी अध्ययन गर्ने, संशोधन र नयाँ कानून बनाउने जिम्मा दिएको छ। त्यहाँ बजेट अभाव छ। कानून आयोगले पनि संसदहरूसँग समन्वय गरेर काम गर्ने प्रबन्ध गरिनुपर्छ। आगामी संसद् अधिवेशन कहिले बोलाउने भन्नेमा पनि संसद्‌हरूको भूमिकामा निर्भर हुनुपर्छ तर सांसदहरू तयार छैनौँ।’

उनले संसद्को गरिमा उच्च रहेको र सांसदको भूमिका महत्त्वपूर्ण रहेको भन्दै सांसदहरूले संसद्लाई कम ठानेर नलाग्न सांसद्हरूलाई आग्रह गरे। उनले सांसदहरूले आफ्नो उचाइबाट सरकारलाई हेर्न सक्नुपर्ने बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP