Trending
flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे flash ७० प्रतिशत अनुदानमा कुखुरा पालन सामग्री वितरण flash विजयनगरको नवौँ गाउँसभाबाट ६८ करोड बढीको बजेट सर्वसम्मत पारित flash विजयनगर-६ मा जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई सम्मान

Author: निलो मसि

Author: निलो मसि

नागरिकको जीवन सहज बनाउनकै लागि हामी आएका हौँ : उपप्रधानमन्त्री सिंह थाहा संवाददाता | १५ मिनेट अघि अ अ अ काठमाडौं : उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नागरिकको जीवनलाई सहज बनाउन सरकारले काम गरिरहेको बताएका छन्। आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले उपभोक्ताको जीवनलाई सहज गर्नका लागि अहिले बजारमा देखिएका र आपूर्ति प्रणालीमा देखिएका समस्याहरुको समाधान गरिरहेको बताए। उनले भएका कमी कमजोरी सुधार गरेर सरकार अघि बढिरहेको बताए। उनले वर्तमान सरकार नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनाएको भन्दै सरकारले सात बुँदे समझदारीअनुसार सुशासन लगायतमा काम गरिरहेको बताए। उनले भने, ‘उपभोक्ताको जीवनलाई सहज गर्नका लागि अहिले बजारमा देखिएका आपूर्ति प्रणालीमा देखिएका कमी कमजोरीहरु छन्, यसमा प्रस्ट पारेपछि सरकारले आफ्ना कामहरु कार्यान्वयन गराउन बाटो दिन्छ। यो वर्तमान सरकार काँग्रेस र एमाले मिलेर बनेको सरकारले सात बुँदे समझदारीअनुसार सुशासन दिनेदेखि हरेक कुरामा योभन्दा अगाडिको भन्दा बेटर गर्न, सुधार गर्नका लागि हामीले अहिले काम अघि बढाउँदै छौँ।’ उपप्रधानमन्त्री सिंहले विगतको भन्दा राम्रो गर्नका लागि वर्तमान सरकार बनेको बताए।

TOP