Trending
flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ

कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ

कृष्णनगर, ४ भदौ ।

कपिलवस्तुमा प्रहरीले ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरूको साथबाट ५ सय मिलिग्राम ब्राउन सुगर, नगद ६ हजार रुपैयाँ र मोबाइल बरामद गरेको जनाएको छ ।

पक्राउ पर्नेमा शिवराज नगरपालिका-८ का २२ वर्षीय अर्जुन सुनार, सोही स्थानका १९ वर्षीय गौतम सुनार र कृष्णनगर नगरपालिका निवासी १६ वर्षीय शैलेन्द्र सिंह यादव रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार उनीहरूलाई कृष्णनगर नगरपालिका-६ गणेशपुर क्षेत्रबाट पक्राउ गरिएको हो । पक्राउ परेका तीनै जनालाई जिल्ला अदालत कपिलवस्तुमा उपस्थित गराई सात दिनको म्याद थप गरिएको छ ।

प्रहरीका अनुसार उनीहरूमाथि लागुऔषध कारोबार तथा ओसारपसार सम्बन्धी थप अनुसन्धान भइरहेको छ ।

यसैबीच, प्रहरीले कपिलवस्तु नगरपालिका-४ सिकोटवाबाट ५३ वर्षीया तारा तेलीलाई १ सय ३० ग्राम गाँजासहित पक्राउ गरेको जनाएको छ ।

उनलाई पनि जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरी नायव उपरीक्षक रिपेन्द्र कुमार सिंहले जनाए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP