घनश्याम भर
(विजयनगर) कपिलवस्तु, ११ भदौ ।
कपिलवस्तु । नेपाल-भारत सीमावर्ती क्षेत्रमा पर्ने कोशी, नुवाकोट, धादिङ, गोरखा, चितवन र नवलपरासीसहितका जिल्लामा आएको अप्रत्याशित बाढीबाट भएको जनधनको क्षतिप्रति विजयनगर गाउँपालिकाले गहिरो दुःख व्यक्त गरेको छ ।
विजयनगर गाउँपालिकाका अध्यक्ष गोपालबहादुर थापा मगर र प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्माले संयुक्त रूपमा जारी गरेको हार्दिक अपिलमार्फत बाढीबाट ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरिएको हो ।
गाउँपालिकाले बाढीबाट घाइते भएका नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचार, हेरचाह तथा मनोसामाजिक परामर्शको उचित व्यवस्था गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ । साथै, बेपत्ता नागरिकको शीघ्र खोज तथा उद्धार, राहत वितरण र विस्थापितको सुरक्षित स्थानान्तरणका लागि नेपाल सरकारलाई सहयोग गर्न सबै सरोकारवालासँग अपिल गरिएको छ ।
यसैबीच विपत्तिमा परेका नागरिकको तत्काल उद्धार, राहत, उपचार तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले विजयनगर गाउँपालिका, जनप्रतिनिधि, शिक्षक तथा कर्मचारीहरूको तर्फबाट एकमुष्ट १० लाख १ हजार ५ सय ५५ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।
गाउँपालिकाले प्राकृतिक विपत्ति कुनै एक भुगोल वा सरकारको मात्र विषय नभई समग्र राष्ट्रको साझा सरोकारको विषय भएको उल्लेख गर्दै विपद्को समयमा सबैलाई आ-आफ्नो ठाउँबाट सहयोग गरी जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्न आग्रह गरेको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया