Trending
flash कृष्णनगरमा छठकाे अवसरमा मंगलबार सुर्याेदयसँगै विशेष प्रसाद वितरण कार्यक्रम हुने अन्तर्राष्ट्रिय आक्रमणमा समूहका मुख्य नेतासहित ठूलो सङ्ख्यामा आतङ्ककारी मारिए स्वास्थ्य खोप शाखाले उपलब्ध गराएको विवरणअनुसार हैजा रोगविरुद्धको खोप राजनीति दुस्मनलाई साथी ठानियो भने क्रान्ति असफल समाज पहिलाको जस्तो टोपीको व्यापार यस वर्ष नभएको न्युरोडका व्यापारी समाज भुरुङ–तातोपानी कुण्डे ‘रिफ्रेस सेन्टर’को रूपमा विकास राजनीति सरकार र राजनीतिक दलहरूलाई खबरदारी गरिदिन आग्रह राजनीति क्षेत्रमा लगानी विस्तार गरी कोषलाई प्रभावकारी रूपमा अगाडि बढाउन आवश्यक flash हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले रुपन्देहीमा संगठन विस्तार समाज तलबवृद्धिको माग गर्दै मणिपाल शिक्षण अस्पतालका नर्स असोज २४ गतेदेखि आन्दोलन

ओलीलाई हटाउन कसैले नसक्ने भयो, जनताले ओली भोग्नुको विकल्प छैन : डा दिक्षित

काठमाडौं । नागरिक अगुवा डा सुन्दरमणी दिक्षितले काठमाडौ उपत्यका कोरोना सङ्क्रमणको भयंकर खतरामा परिसकेको दावी गर्नुभएको छ ।
अहिले जतिजना सङ्क्रमित भएको भनिएको छ त्योभन्दा दश गुणा बढी सङ्क्रमित रहेको हुनसक्ने उहाँले दावी गर्नुभयो ।

डा दिक्षितले भन्नुभयो, “विरगञ्जमा दिनप्रतिदिन कोरोना सङ्क्रमित र मृत्यु भएकाहरुको संख्या बढीरहेको छ, त्यसो काठमाडौ र अन्य ठाउँहरुमा पनि जानेवाला छ, तत्काल आवत जावतमा कडाई गर्नुपर्छ ।”

कोरोना नियन्त्रणकालागि सरकार पुरै असफल भएको आरोप लगाउदै उहाँले अहिलेको सरकारको विकल्प खोज्न पनि गाह्रो रहेको नेपाली रेडियो नेटवर्कसँग बताउनुभयो ।

उहाँले केपी ओलीको विकल्प खोज्नु असंभव रहेको बताउदै केपी ओलीलाई नै सुधार्नका लागि सवैले भूमिका खेल्नु पर्नेमा जोड दिनुभयो । पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका असन्तुष्ट नेताहरुले पनि ओलीलाई हटाउने प्रयास गरेपनि नसकेको उहाँको भनाई छ ।

“ओलीलाई हटाउन कसैले सक्दैन भन्ने देखिएको छ, कसैको तागतले पुग्दो रैनछ, त्यसैले अव उनलाई सुधार्नुको विकल्प छैन,” डा दिक्षितले भन्नुभयो ।

काचुली फेरिएको ओली देशका लागि अत्यावश्यक भएकोमा उहाँले जोड दिनुभयो । डा दिक्षितले थप्नुभयो, “सरकारले काम गर्न नसकेको पनि सत्य हो, ओलीलाई हटाउन नसकिने पनि सत्य हो, त्यसैले ओलीलाई हामीले अझै दुई बर्ष भोग्नु नै पर्छ।”

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP