Trending
flash नागरिक यात्रुको गुनासो र समस्या तत्काल सम्बोधन गर्न यात्रु सहायता कक्ष स्थापना flash राकेश यादवले दिए कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु

ओलीलाई हटाउन कसैले नसक्ने भयो, जनताले ओली भोग्नुको विकल्प छैन : डा दिक्षित

काठमाडौं । नागरिक अगुवा डा सुन्दरमणी दिक्षितले काठमाडौ उपत्यका कोरोना सङ्क्रमणको भयंकर खतरामा परिसकेको दावी गर्नुभएको छ ।
अहिले जतिजना सङ्क्रमित भएको भनिएको छ त्योभन्दा दश गुणा बढी सङ्क्रमित रहेको हुनसक्ने उहाँले दावी गर्नुभयो ।

डा दिक्षितले भन्नुभयो, “विरगञ्जमा दिनप्रतिदिन कोरोना सङ्क्रमित र मृत्यु भएकाहरुको संख्या बढीरहेको छ, त्यसो काठमाडौ र अन्य ठाउँहरुमा पनि जानेवाला छ, तत्काल आवत जावतमा कडाई गर्नुपर्छ ।”

कोरोना नियन्त्रणकालागि सरकार पुरै असफल भएको आरोप लगाउदै उहाँले अहिलेको सरकारको विकल्प खोज्न पनि गाह्रो रहेको नेपाली रेडियो नेटवर्कसँग बताउनुभयो ।

उहाँले केपी ओलीको विकल्प खोज्नु असंभव रहेको बताउदै केपी ओलीलाई नै सुधार्नका लागि सवैले भूमिका खेल्नु पर्नेमा जोड दिनुभयो । पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका असन्तुष्ट नेताहरुले पनि ओलीलाई हटाउने प्रयास गरेपनि नसकेको उहाँको भनाई छ ।

“ओलीलाई हटाउन कसैले सक्दैन भन्ने देखिएको छ, कसैको तागतले पुग्दो रैनछ, त्यसैले अव उनलाई सुधार्नुको विकल्प छैन,” डा दिक्षितले भन्नुभयो ।

काचुली फेरिएको ओली देशका लागि अत्यावश्यक भएकोमा उहाँले जोड दिनुभयो । डा दिक्षितले थप्नुभयो, “सरकारले काम गर्न नसकेको पनि सत्य हो, ओलीलाई हटाउन नसकिने पनि सत्य हो, त्यसैले ओलीलाई हामीले अझै दुई बर्ष भोग्नु नै पर्छ।”

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP