Trending
flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन

शिवराजमा हुने प्रथम नगरस्तरिय माघी(खिचडी) महोत्सवको तयारी पुरा ।।

राम अवतार चौधरी
कपिलवस्तु, १ माघ ।

कपिलवस्तुको शिवराज नगरपालिका–५, चन्द्रौटामा हुने प्रथम नगरस्तरिय माघी(खिचडी) महोत्सवको तयारी पूरा भएको छ । मंगलबार पत्रकार सम्मेलन गरि तयारी पूरा भएको आयोजकले जनाएको छ ।

महोत्सवको मुख्य आकर्षण घरेलु उत्पादन विधि तथा हस्तकला, चित्रकला बस्तुकलाको संरक्षण एवम् सम्बर्द्धन साथै बजारीकरण, थारु जातिको कला, संस्कृति क्षेत्रमा अभिनय गरि आत्मबल बढनुको साथै नयाँ प्रतिभाहरूको उत्पादन, लोप हुँदै गइरहेको भेषभुषा प्रदर्शन, थारु पुर्खाैली सामाग्रीको प्रदर्शन, थारु समुदायको झुमरा, झररा, मयूर, लाठी, सजनी बिरहनी जस्ता नृत्य प्रदर्शनमा रहने छ ।

साथै अलग–अलग छरिएर रहेका समुदायलाई एक्यवद्धता गराउन, स्थानीय धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थलहरूको प्रचारप्रसार र कार्यक्रमको माध्यमबाट रुढीबादी, सामाजिक विसंगति जस्ता कु–प्रथा हटाई जनचेतना फैलाउने लगायतका उद्देश्य सहित सो महोत्सव आयोजना गरिएको महोत्सव संयोजक इन्द्रबहादुर थारुले बताए ।

यस्तै महोत्सवलाई रोचन बनाउनुका साथै दर्शकलाई मनोरञ्जन दिन अञ्जु कुस्मी, राज कुस्मी, श्रीनिवास चौधरी, गणेश चौधरी, समिक्षा चौधरी, हरिनारायण थारु, खेम चौधरी, सोनु कुम्मी लगायत कलाकारले कार्यक्रमलाई रोचक बनाउने छन् ।

त्यसैगरी सरगम चौधरी, सुनिता दहित, प्रमिला चौधरी, सत्यनारायण फटेरा, रितु चौधरी, सिमान्त चौधरी, श्याम सिटी, रञ्जित थारु, उत्तम चौधरी, विशाल थारु, विष्णु थारु, जया चौधरी, शारदा थारु, आर एन चौधरी लगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरूले मञ्च तताउने साँस्कृतिक संयोजक उत्तम चौधरीले जानकारी दिए ।

उक्त कार्यक्रममा इन्द्रबहादुर थारुको अध्यक्षता, थारु कल्याणकारी सभा कपिलवस्तु जिल्ला सचिव जगत बहादुर थारुको प्रमुख आतिथ्यता, नगर सचिव प्रकाश थारु, भुमिसरा थारु, शिवराज वडा नं.५ सदस्य धनीराम थारु, चन्द्रौटा व्यापार संघ कपिलवस्तुको अध्यक्ष महादेव पोख्रेल लगायतको अतिथ्यता, स्थानीय सञ्चारकर्मीहरूको उपस्थित र राम अवतार थारुको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP