Trending
flash कृष्णनगरमा छठकाे अवसरमा मंगलबार सुर्याेदयसँगै विशेष प्रसाद वितरण कार्यक्रम हुने अन्तर्राष्ट्रिय आक्रमणमा समूहका मुख्य नेतासहित ठूलो सङ्ख्यामा आतङ्ककारी मारिए स्वास्थ्य खोप शाखाले उपलब्ध गराएको विवरणअनुसार हैजा रोगविरुद्धको खोप राजनीति दुस्मनलाई साथी ठानियो भने क्रान्ति असफल समाज पहिलाको जस्तो टोपीको व्यापार यस वर्ष नभएको न्युरोडका व्यापारी समाज भुरुङ–तातोपानी कुण्डे ‘रिफ्रेस सेन्टर’को रूपमा विकास राजनीति सरकार र राजनीतिक दलहरूलाई खबरदारी गरिदिन आग्रह राजनीति क्षेत्रमा लगानी विस्तार गरी कोषलाई प्रभावकारी रूपमा अगाडि बढाउन आवश्यक flash हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले रुपन्देहीमा संगठन विस्तार समाज तलबवृद्धिको माग गर्दै मणिपाल शिक्षण अस्पतालका नर्स असोज २४ गतेदेखि आन्दोलन

पत्रकारलाई प्रचार प्रसारको माध्यम नबन्न सरोकारवालाको अनुरोध

रूपन्देही

निर्वाचनको रिपोर्टिङ गर्दा सबै भन्दा बढी संवेदनशील हुनुपर्ने सरोकारवालाले बताएका छन् । रुपन्देहीको तिलोत्तमामा शनिबार मिडिया एक्सन नेपालले आयोजना गरेको ‘फेयर मिडिया कभरेज अफ इलेक्सनन्स’ नामक एकदिने कार्यशालामा सरोकारवालाले उम्मेदवार तथा दलहरुले पत्रकालाई आफ्नो प्रचार प्रसारको माध्यम बनाउने सक्ने भएकाले अझ बढी संवेदनशील हुनुपर्ने बताएका हुन् । कार्यक्रममा मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्तले निर्वाचनका बेला पत्रकारहरुले निष्पक्ष र स्वतन्त्र भएर रिपोर्टिङ गर्नुपर्ने बताए । निर्वाचनका बेला उम्मेदवार तथा राजनीतिक दलहरुले पत्रकाहरुलाई माध्यम बनाएर आफनो प्रचारप्रसार गर्नसक्ने सम्भावना हुने भएकाले यस्ता गतिविधिबाट बच्न अझ बढी चनाखो बन्नुपर्ने बताए । पत्रकारले दलको पक्ष विपक्ष लिने भन्दा पनि आफनो अधिकारलाई भोट हाल्नेमा सीमित राख्नुपर्ने उनको भनाई छ ।
कार्यशाला गोष्ठीमा अर्का प्रशिक्षक अन्नपूर्ण एक्सप्रेस साप्ताहिकका सम्पादक कमलदेव भट्टराईले पत्रकारले निर्वाचनका बेला उम्मेदवारका भनाई राख्दा व्यक्ति विशेष नभई सबैलाई स्थान दिनुपर्ने बताए । पत्रकारले अडकलबाजी गरेर कुनै एक उम्मेदवारको पक्षपोषण गर्नेगरी समाचार लेख्नु गलत भएको उनको भनाई छ ।
पत्रकार कल्पना आचार्यले निर्वाचनका बेला महिला उम्मेदवार, मतदाताको अपेक्षा, महिला सहभागिताको विषयलाई विशेष ध्यान दिनुपर्ने बताइन । निर्वाचनका बेला मतदान स्थल अपांगमैत्री भएरनभएको, गर्भवती, सुत्केरी, वृद्धवृद्धाहरुका लागि सहज भएरनभएको विषयमा पनि पत्रकारहरुले निगरानी राख्नु पर्ने उनको भनाई छ । कार्यक्रममा लुम्बिनी प्रदेशका विभिन्न ४ जिल्लाका २५ जना पत्रकारहले आ–आफनो क्षेत्रमा भोगेका समस्याहरु राखेका थिए । कार्यक्रममा रुपन्देही, कपिलवस्तु, नवलपरासी र पाल्पाका गरी ४ जिल्लाका २५ जना पत्रकारको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP