Trending
flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ

राज्यको कमजोरीले यातायात क्षेत्र समस्याग्रस्त छ : वरिष्ठ उपाध्यक्ष सिटौला

 

२ माघ, काठमाडौँ : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले राज्यको कमजोरीले यातायात क्षेत्र समस्याग्रस्त अवस्थामा रहेको आरोप लगाएका छन्।

मंगलवार धनगढीमा यातायात व्यवसायीहरुसँगको छलफलमा वरिष्ठ उपाध्यक्ष सिटौलाले यस्तो आरोप लगाएका हुन्। उनले विगतको सरकारले कुनै अध्ययन र अनुसन्धानबिना यातायात समितिहरुलाई कम्पनीमा लैजाने निर्णयले यातायात क्षेत्र तहसनहस भइरहेको आरोपसमेत लगाए।

उनले सरकारले यातायात क्षेत्रको सिण्डिकेट हटाउने नाममा अनुसन्धानबिना कम्पनीमा रुपान्तरण गर्ने निर्णयले यातायात क्षेत्र धराशायी भएको उल्लेख गरे। यातायात क्षेत्र वर्तमान अवस्थामा अभिभावकविहीन अवस्थामा रहेको वरिष्ठ उपाध्यक्ष सिटौलाको भनाई छ।

उनले २०३४ अन्तर्गतका संस्थाहरु आज पनि निलम्वबत वा कोमामा रहेको बताए। उनले यातायात क्षेत्र कम्पनीमा लैजाने निर्णयपछि बन्नुपर्ने नीति र कार्यविधि अहिलेसम्म बन्न नसकेको बताए।

‘यातायात क्षेत्र संक्रमणकालीन र जर्जर छ। सरकारले यातायात क्षेत्रको सिण्डिकेट हटाएर अनुसन्धानबिना कम्पनीमा रुपान्तरण गर्ने निर्णय गर्‍यो। त्यो निर्णयले यातायात क्षेत्र क्षतविक्षत भएको छ‚’ उनले भने, ‘यातायात क्षेत्र कम्पनीमा गएपछि जुन विधि र कार्यविधि बन्नुपर्ने हो‚ अहिलेसम्म बनेको छैन। अहिलेसम्म सरकारले कुनै कार्यविधि नबनाएको कारणले नागरिकताको आधारमा कम्पनी खडा भएको छ। त्यसले अस्वस्थ प्रतिष्पर्धा छ।’

उनले सरकारले कम्पनीको रुपमा कुनै पनि कार्यविधि नबनाएकाले नागरिकताको आधारमा कम्पनी खोल्ने प्रवृत्ति बढ्दा अस्वस्थ प्रतिष्पर्धा बढेको आरोप पनि लगाए। उनले सरकारसँग कुन सवारीसाधन कहाँ जाने भन्ने कुनै विधि पद्धति नभएको दाबी गर्दै विधि र पद्धति नभएका कारण पनि सडक दुर्घटना बढिरहेको आरोप लगाए।

‘यातायात व्यवसायीले राखेका माग सम्बोधन नभएकाले समस्या छ। ७२ घण्टाको नाममा भारतीय नम्बर प्लेटका सवारीसाधन भित्रिएर देशभर घुमिरहेकोले अस्वस्थ प्रतिस्पर्धा बढेको छ‚’ उनले भने‚ ‘सडक दुर्घटना किन र कसरी हुन्छ भन्ने विषयमा समेत कुनै निष्कर्षमा राज्य पुग्नसकेको छैन। सवारी बीमाको विषयमा पनि स्पष्टता नभएकाले व्यवसायीहरु समस्यामा छन्। राज्यले कानूनमा भएका व्यवस्थालाई व्यवहारमा लागू गरेको छैन।’

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP