Trending
flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ

धर्मसहितको राजनीति मात्रै शुद्ध र पवित्र हुन्छ : लिङ्देन

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले धर्मविहीन राष्ट्रियता र राजनीति हुन नसक्ने बताएका छन्।

काठमाडौंमा आयोजित राष्ट्रियता र धार्मिक सहकार्यको भावी मार्गचित्र विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै लिङ्देनले धर्मलाई राजनीतिबाट अलग गर्दा अहिलेको अवस्था आएको टिप्पणी गरे।

‘धर्म निरपेक्षता हुँदा आफ्नै नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने वुद्धि आउँछ ।’ लिङ्देनले भने, ‘धर्मसहितको राजनीति गर्नुपर्छ अनि मात्रै राजनीति शुद्ध र पवित्र हुन्छ।’

धर्म निरपेक्षता ल्याउनुमा आफूलाई हिन्दु हुँ भन्नेहरू नै दोषी रहेको उनको आरोप थियो। बाहिर हिन्दु धर्मको प्रचार गर्ने तर भोट धर्म निरपेक्षतावादीलाई भोट हाल्ने प्रवृत्तिले हिन्दु राष्ट्र कायम गर्न नसकिने बताए।

अर्को प्रसङ्गमा लिङ्देनले माओवादीको एजेण्डा भए पनि कांग्रेसले त्यसमा लाहाछाप लगाएका कारण संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता भित्रिएको टिप्पणी गर्दै लिङ्देनले अहिलेको व्यवस्थाका लागि माओवादीभन्दा कांग्रेस बढी दोषी भएको बताए।

एमालेसँग मात्र मिल्यो भन्ने आरोप लाग्ने गरेको भन्दै लिङ्देनले कांग्रेसले अछुतको जस्तो व्यवहार गर्ने भएकाले मिल्न नसकेको टिप्पणी गरे।

राष्ट्रियसभामा पनि घुमीफिरी एमाले र राप्रपा मिल्नु परेको भन्दै लिङ्देनले एमालेले आफूहरूलाई बराबरीको व्यवहार गरेको बताए।

‘एमालेले कोशीमा हामी मिल्दा गठबन्धनसँग प्रतिस्पर्धा हुने रहेछ, दुई सिटमध्ये तपाईंहरु एउटा लिनुहोस् हामी एउटा लिन्छौं भन्यो, उसले हामीलाई बराबरी मान्छ’, लिङ्देनले भने, ‘कांग्रेस भन्ने पार्टी हामीलाई अछुतजस्तो व्यवहार गर्छ अनि कसरी मिल्छ?’

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP