Trending
flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ

फागुन २९ गते राष्ट्रिय सभा अध्यक्षको निर्वाचन

२१ माघ, काठमाडौं : राष्ट्रिय सभा अध्यक्ष पदको निर्वाचन आगामी फागुन २९ गते गर्नेगरी सम्भावित कार्यसूची तय गरिएको छ। अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित राष्ट्रिय सभाका २० जना सदस्यको पदावधि आगामी फागुन २० गते सकिँदैछ।

राष्ट्रिय सभाको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकले माघ र फागुनका लागि तयार गरेको सम्भावित कार्यसूचीबमोजिम अध्यक्षको निर्वाचन आगामी फागुन २९ गते गर्ने तय गरेको छ।

सङ्घीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले पदावधि सकिएलगत्तै निर्वाचन गर्ने तयारी गरिएको जानकारी दिए। माघ १० गते भएको निर्वाचनबाट राष्ट्रिय सभामा रिक्त हुन लागेका २० मध्ये १९ सदस्य निर्वाचित भइसकेका छन्।

एकतिहाइ सदस्य निर्वाचित भएर आएपछि नेकपा माओवादी केन्द्र सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाको सबैभन्दा ठूलो दल बनेको छ।

कांग्रेसले दोस्रो ठूलो दलको हैसियत पाएको छ। सबैभन्दा बढी सदस्य रहेको नेकपा एमाले भने १० सदस्यसहित तेस्रो स्थानमा खुम्चिएको छ। सचिवालयले प्रकाशित गरेको कार्यसूचीबमोजिम फागुन २७ गते रष्ट्रिय सभा अध्यक्षको निर्वाचनको दिन र समय निर्धारण गरिने छ। सङ्घीय संसद्को हिउँदे अधिवेशन भोलिदेखि सुरु हुँदैछ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP