२१ माघ, काठमाडौं : नेकपा एमालेको संसदीय दलको बैठक आज पनि बस्ने भएको छ। एमाले प्रमुख सचेतक पदम गिरीका अनुसार हिजोबाट सुरु भएको बैठक आज समापन हुनेछ।
यसअघि हिजो बसेको बैठकमा अध्यक्ष केपी ओलीले सांसदहरूले संसद्मा खेल्नुपर्ने भूमिकाका बारेमा सांसदलाई प्रशिक्षण दिएका थिए। आज संसद्मा प्रतिपक्षको हैसियतले कसरी प्रभावकारी भूमिका निर्वाह गर्ने भन्नेबारेमा दलको नेताले ब्रिफिङ गर्ने तयारी छ।
संसद्को हिउँदे अधिवेशन यही माघ २२ गतेबाट बस्दै छ। यो अधिवेशनमा सङ्घीयता कार्यान्वयन, शान्ति प्रक्रिया लगायत महत्त्वपूर्ण कानुनहरू बनाउने विधेयक अघि बढाउने सरकारको तयारी छ।
यस्तै सत्तारुढ माओवादी केन्द्रको संसदीय दलको बैठक आज बिहान बस्दैछ। बिहान ८ बजे सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा संसदीय दलको बैठक बस्न लागेको हो।
भोलि प्रतिनिधि सभामा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन्। सोमबारदेखि सुरु हुने संसद्को हिउँदे अधिवेशनमा प्रस्तुत हुने विधेयक र पार्टीको भूमिकाको विषयमा छलफल हुने माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया