Trending
flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ

रास्वपासँग रवि लामिछानेलाई प्रधानमन्त्री बनाउनेबाहेक अरु उद्देश्य छैन : सीके राउत

२२ माघ, काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग रवि लामिछानेलाई अध्यक्ष बनाउने बाहेक अर्को कुनै उद्देश्य नभएको पार्टीका रूपमा व्याख्या गरेका छन् ।

जनमत पार्टीको २१ माघमा बसेको सचिवालय बैठकमा अध्यक्ष राउतले छलफलका लागि पेस गरेको राजनीतिक प्रस्तावमा यस्तो उल्लेख गरेका हुन् ।

‘यस पार्टी (रास्वपा) सँग देशको जनताले धेरै आशा गरे तापनि देश विकासको कुनै राजनैतिक दर्शन, आर्थिक नीति वा निकास र विकासको कार्ययोजना देखिँदैन’, राउतले राजनीतिक प्रस्तावमा भनेका छन्, ‘यसको नेतृत्वको जति चाँडो सकिन्छ कुनै तरिकाले २०८४ पहिला नै सत्ता समीकरण बदल्दा प्रधानमन्त्री बन्न सकिन्छ कि, नभए २०८४ मा जनमत ल्याएर कसरी प्रधानमन्त्री बन्नेमा बढी सीमित देखिन्छ । मानौं, प्रधानमन्त्री बन्ने बित्तिकै देशको सारा समस्या समाधान हुनेछ ।’

राउतले रास्वपाले नेपालको विविधता र सामाजिक संरचनाप्रति अनुभवको कमीले गर्दा मधेशी, आदिवासी, मुस्लिम, थारु सहितका सीमान्तकृत वर्गको मुद्दा सम्बोधन गर्न नसक्ने निष्कर्ष निकालेका छन् ।

नागरिकता विधेयकको विरोध, संघीयता र प्रदेशको विरोध, मधेश केन्द्रित नेता र दलहरूको विरोध, थरुहट आन्दोलन र पहिचान आन्दोलनप्रतिको दृष्टिकोण रास्वपाका परिचायक भएको राउतको दावी छ ।

साथै, उनले रास्वपालाई लोकप्रियतावादबाट बढी निर्देशित रहेको भन्दै राष्ट्रपति, सेना, संघीयताको विरोध गर्नु यसैको उदाहरणका रूपमा रहेको उल्लेख गरेका छन् ।

सुरु धेरै सम्भावना देखिए पनि दीर्घकालीन योजनाको कमी रहेका रास्वपाका अध्यक्ष लामिछानेले विगतमा गरेका गल्तीका कारणले लगातार संकटमा थपिएको र अब कसैले पनि यसको नेतृत्व लिन सक्ने अवस्था नरहेको राउतको विश्लेषण छ ।

राउतले रास्वपाको उदय कुने राजनीतिक वा आर्थिक दर्शन बोकेरभन्दा पनि वर्तमान पात्रहरूबाट निराश भएर आक्रोशित जनमतले मौका दिएर उदाएको पार्टीका रूपमा व्यख्या गरेका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP