Trending
flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ

भ्रष्टाचारमा मुछिएपछि मुख्यसचिव अर्याल आजदेखि बिदामा बस्दै

काठमाडौं : टेरामक्स खरिदमा मुछिएका मुख्यसचिव वैकुण्ठ अर्याल आजबाट बिदामा बस्ने भएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि मुख्यसचिव अर्याल आजबाट बिदामा बस्ने सिंहदरबार स्रोतले जनाएको छ।

अर्याललाई राजिनामा दिन वा बिदामा बस्न तिव्र दबाव थियो। तर उनले आनाकानी गर्दै आएका थिए। अर्याल विदामा बसेपछि अख्तियारले आज वा भोलि स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत, पूर्वमन्त्री ज्ञानेन्द्र कार्की र मुख्यसचिव अर्याललाई मुद्दा दायरा गर्ने अख्तियारको तयारी छ।

टेरामक्स प्रविधि खरिद प्रक्रियामा अनियमितता भएकोबारे अनुसन्धान गरिरहेको अख्तियारले विशेष अदालतमा मुद्दा लैजाने तयारी गरिरहेको छ। अनुसन्धानको केही काम बाँकी रहेकाले केही समय लाग्नसक्ने अख्तियार स्रोतको भनाइ छ।

नेपाल दूरसञ्चार प्राधिकरणले टेरामक्स प्रविधि खरिद गर्दा झन्डै तीन अर्ब अनियमितता भएको आशंकामा अख्तियारले अनुसन्धान अघि बढाएको थियो।

उक्त प्रकरणमा तत्कालीन सञ्चार सचिवका रुपमा अर्याल, तत्कालीन सञ्चारमन्त्री तथा हालका स्वास्थ्यमन्त्री बस्नेत र पूर्व सञ्चारमन्त्री कार्की मुछिएका छन्।

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP