Trending
flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ

मन्त्रालय भागवण्डा गर्न सत्ता गठबन्धनको बैठक बस्दै, दलहरू आन्तरिक तयारीमा

काठमाडौं : मन्त्रालय भागवण्डाको टुंगो लगाउन सत्ता गठबन्धनको बैठक बस्दैछ। बैठकको समय टुंगो लागिनसकेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

जनता समाजवादी पार्टी (जसपा)का नेता राजेन्द्र श्रेष्ठले पनि बैठक बस्ने तय भए पनि समय यकिन नभएको बताए। एकीकृत समाजवादीको सचिवालय बैठकको निर्णयपछि मात्रै बैठक बस्ने तयारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई निवासमा पुगेर भेटी गठबन्धनमा सहभागी हुन आग्रह गरेका थिए। ​नेपालले पनि सकारात्मक प्रतिक्रया दिएका थिए।

यसैबीच आआफ्नो पार्टीबाट मन्त्री बन्नेको नाम टुंगो लगाउने प्रयासमा सत्ता गठबन्धनका दल आन्तरिक छलफलमा व्यस्त छन् । बुधबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी अनुसार दलहरू आन्तरिक छलफलमा व्यस्त भएका हुन्।

सोमबार नेपाली कांग्रेससहितको गठबन्धन भत्काएर प्रधानमन्त्री दाहालले नेकपा एमाले र रास्वपासहितको गठबन्धन बनाएपछि दलहरू आफ्नो भागमा महत्त्वपूर्ण मन्त्रालय पार्ने रस्साकस्सीमा लागेका छन्।

यसअघि एमाले, माओवादी र रास्वपाका एक-एक जना मन्त्री बनिसकेका छन्, तर उनीहरू मन्त्रालयविहीन छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP