काठमाडौं : नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहालले अभिव्यक्त गरेको उथलपुथल शब्दलाई लिएर आतंकित हुन आवश्यक नरहेको बताएका छन्।
बिहीबारको प्रतिनिधि सभाको बैठकमा उनले यस्तो बताएका हुन्। उनले गिरिजाप्रसाद कोइरालाले दिएको जिम्मेवारी आजका दिनमा प्रधानमन्त्री दाहालले प्रयोग गरिरहेको बताए।
उनले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन धेरै अघि बढिसकेको कुरामा नेपाली कांग्रेसले पुनः माओवादी हत्या हिंसाको चपेटामा परी आम नागरिकसँगै सुरक्षा निकायका हजारौँ व्यक्ति र सशस्त्र द्वन्द्वका पक्ष नै नरहेका तर बिनाकारण जनधन गुमाउनु परेका हिंसात्मक द्वन्द्वबाट पीडित भनेर दस्ताबेजमा छलफल गर्नु उपयुक्त नभएको ठहर माओवादीको रहेको बताए।
सांसद पौडेलले उथलपुथल सक्नेले गर्ने जवाफ कांग्रेसलाई जवाफ दिए। कांग्रेसले प्रतिनिधि सभाको बैठकमा बोल्ने क्रममा प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीले उथलपुथल शब्द प्रयोग गरेको प्रति आपत्ति जनाएका थिए।
केही दिनअघि प्रधानमन्त्री दाहालले एक सार्वजनिक कार्यक्रममा आफू बाचुन्जेल उथलपुथल भइरहने अभिव्यक्ति दिएका थिए।
उनले भने, ‘गिरिजाप्रसाद कोईरालाले ठिकै व्यक्ति छान्नुभएछ। अब यो देश सबै हिसावले तपाईंले सम्हाल्नुहोला भने कमरेड प्रचण्ड जो आजको प्रधानमन्त्री हुनुहुन्छ, उहाँलाई जिम्मा लगाएको कुरा साँचो हो। आज प्रधानमन्त्रीले उथलपुथल शब्दको प्रयोग गर्नुहुन्छ, कोही पनि आतंकित हुन जरुरी छैन। सशस्त्र जनयुद्ध पनि आवश्यकता थियो र गरियो। सक्नेले उथलपुथल गर्ने हो।’
सांसद पौडेलले एजेण्डा र विषयमा मिल्नेहरुसँग मिल्दै जाने बताए।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया