Trending
flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ

परराष्ट्रमन्त्री श्रेष्ठ आज ९ दिने चीन भ्रमणमा जाँदै

काठमाडौं : उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमणमा जाँदै छन्।

नेपालको कूटनीति कमजोर बन्दै गएको आरोपका बीच परराष्ट्रमन्त्री श्रेष्ठ ९ दिने औपचारिक भ्रमणका लागि चीन जान लागेका हुन्। चीनमा विदेशमन्त्री वाङ यीसँग हुने भेटवार्तामा दुईपक्षीय विविध विषयमा कुराकानी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

सत्तारुढ दल माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्षसमेत रहेका मन्त्री श्रेष्ठको भ्रमणका क्रममा कुनै सम्झौतामा हस्ताक्षर गर्ने योजना भने छैन। तर नेपाल र चीनबीच सात वर्षअघि भएको सम्झौता अनुरुप बीआरआईको कार्यान्वयन योजनालगायत विषयमा भने छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

नेपाल चीनबीच बीआरआई सम्झौता भए पनि त्यो परियोजना ऋणमा सञ्चालन गर्न नसकिने नेपालको अडान छ। केरुङ-काठमाडौं रेलमार्गको विस्तृत अध्ययन गरिरहेको चीन बीआरआई परियोजना अगाडि बढाउन चाहन्छ। त्यसका लागि पनि यो भ्रमण महत्त्वपूर्ण हुन सक्छ।

श्रेष्ठले बेइजिङपछि चीनका विभिन्न प्रान्तमा राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम छ। यो भ्रमणमा श्रेष्ठले रुसी सेनामा भर्ना भएका नेपालीलाई सुरक्षित फिर्ता ल्याउन चीनमार्फत् कूटनीतिक पहल गर्नुपर्ने परराष्ट्र मामिलाका जानकार सुरेन्द्र कार्कीको सुझाब छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP