Trending
flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ

पाँच राजनीतिक दलको नाम परिवर्तन

काठमाडौं : निर्वाचन आयोगले पाँच राजनीतिक दलको नाम परिवर्तन गरेको छ।

आयोगले नेपाल दलित पार्टी, ताम्सालिङ लोकतान्त्रिक पार्टी, किरात खम्बुवान साझा पार्टी, नेपाल सुकुम्बासी पार्टी, लोकतान्त्रिक र आमूल परिवर्तन मसिहा पार्टीले दिएको निवेदन अनुसार प्रस्तावित नाम स्वीकृत गरेको हो ।

गत बिहीबार बसेको आयोगका पदाधिकारीको बैठकले अनुसार ताम्सालिङ लोकतान्त्रिक पार्टीको नाम ‘जनप्रिय लोकतान्त्रिक पार्टी’, नेपाल सुकुमवासी पार्टीको नाम ‘नेपाल जनता संरक्षण पार्टी’ तथा आमूल परिवर्तन मसिहा पार्टीको नाम ‘रिपब्लिक पार्टी नेपाल’ हुने भएको छ ।

यसअघि गत फागुन २३ गतेको निर्णय अनुसार किरात खम्बुवान साझा पार्टीको नाम ‘राष्ट्रिय साझा पार्टी’ तथा नेपाल दलित पार्टीको नाम ‘नेपाल मानवतावादी पार्टी’ हुने भएको छ। नयाँ नाम स्वीकृत भएको दलको दर्ता मिति भने पुरानै कायम रहने आयोगले जनाएको छ ।

यसैबीच दलको नाम परिवर्तन सम्बन्धमा आयोगको निर्देशनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश दिएको छ। तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) ले यही चैत २ गते सर्वोच्च अदालतमा रिट दायर गरेको थियो। रिटमा अदालतले कारण देखाऊ, अल्पकालीन अन्तरिम आदेश जारी गर्दै दुवै पक्षलाई छलफलका लागि बोलाएको छ।

तमलोपाले आयोगले भने झैँ दलको नाम संविधानको मर्मविपरीत नभएको भन्दै रिट दायर गरेको थियो।  प्रचलित कानूनले दर्ता रहेको पार्टीको नाम परिवर्तन गर्ने अधिकारआयोगलाई नरहेको तमलोपाकाे दाबी छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP