काठमाडौँ : नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठले गृहमन्त्री रवि लामिछानेको सुरक्षाको लागि दुर्गा प्रसाईंको जस्तो हतियार छ कि छैन भनेर प्रश्न सोधेका छन्।
बुधवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसद श्रेष्ठले राज्यका उच्चपदस्थ व्यक्तिहरुको सुरक्षाको सम्बन्धमा प्रश्न सोधेका हुन्। उनले दुर्गा प्रसाईंजस्तो नागरिकले अत्याधुनिक हतियार बोकेर हिँड्ने गरेको भन्दै उनलाई त्यो तहको सुरक्षा आवश्यक थियो कि थिएन भनेर सोधे।
उनले राष्ट्रपति, प्रधानमन्त्री र गृहमन्त्री त्यो तहको हतियार बोकेर हिँड्छन् कि हिँड्दैनन् भनेर प्रश्न गरे। उनले हतियार बोक्न अनुमति दिने अधिकारीको सम्बन्धमा पनि प्रश्न उठाएका छन्।
‘एउटा नागरिकको सुरक्षाको लागि त्यो तहको हतियार बोक्नुपर्थ्यो कि पर्दैनथ्यो? त्यति संख्याको गोलिगट्ठा बोक्नुपर्थ्यो कि पर्दैनथ्यो? यो मुलुकको राष्ट्रपतिको सुरक्षामा हिँड्ने सुरक्षाका अगुवा र पछुवाले कुन तहको हतियार बोक्छन्? प्रधानमन्त्री, गृहमन्त्री हिँड्दा अगाडि पछाडि त्यो तहको हातहतियार र गोलिगट्ठासहित हिँड्ने गर्नुभएको छ कि छैन?‚’ उनले भने‚ ‘त्यस्तो हतियार बोक्ने लाइसेन्स कसले दियो? दिने मान्छे को हो? कहाँबाट दियो र त्यही हतियारको लाइसेन्स दिएको हो कि होइन?’
उनले व्यवसायी दुर्गा प्रसाईंले जस्तै हतियार बोक्ने अरु पनि भएको हुनसक्ने भन्दै छानबिन गर्न गृहमन्त्रीलाई आग्रह गरे।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया