Trending
flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ

राप्रपा नभई गण्डकीमा कसैलाई मत पुग्दैन : मुख्यमन्त्री पाण्डे

काठमाडौं : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशमा राप्रपा नै निर्णायक रहेको र उसको निर्णयबिना कसैको पनि सरकार बन्ने अवस्था नरहेका बताएका छन्।

बुधबार मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आजबाटै नयाँ सरकार बनाउने प्रक्रिया सुरु हुने पनि बताए।

गण्डकी सरकार निर्माणका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी दुवै गठबन्धनका लागि महत्वपूर्ण हुने भएकाले राप्रपाको २७ गतेसम्मको आन्दोलन नसकिएसम्म नयाँ सरकार बन्न नसक्ने बताए।

उनले आफू मुख्यमन्त्री रहँदा गण्डकी प्रदेशमा सुशासनको प्रत्याभूति दिलाउने गरी काम गरेको जिकिर गरे। उनले गण्डकी प्रदेशलाई आत्मनिर्भर र समृद्ध प्रदेश बनाउने सिलसिलामा इमान्दारितापूर्वक आफूले काम गरेको बताए।

उनले भने, ‘गण्डकीमा सरकार बनाउनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले महत्व राख्छ। तर के निर्णय गरेको छ भने उहाँहरुले २७ गतेसम्म आन्दोलनको चरणमा हुनुहुन्छ, आन्दोलनको चरणमा हुँदा सरकार बनाउने,भत्काउने चरणमा लाग्दैनौँ भनेपछि मैले संसदमा विश्वासको मत लिनुपर्छ भन्ने आवश्यकता ठानिनँ। ठूलो दलभन्दा पहिलै मेरो काम शुरु हुन्छ। आजबाट सरकार बन्ने प्रक्रिया शुरु हुन्छ। सरकार बनाउने फेरि पहल हुनेछ। राप्रपाको निर्णय नहुन्जेलसम्म कसैले पनि बहुमत पुर्‍याउन सक्दैन।’

उनले राप्रपाको निर्णय नहुन्जेलसम्म कसैले पनि बहुमत पुर्‍याउन नसक्ने बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP