Trending
flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ

कृषिमा आधुनिकीकरण गर्नेगरी नीति बनाइरहेका छौँ : मन्त्री ज्वाला

काठमाडौं : कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले कृषिमा आधुनिकीकरण गर्नेगरी सरकारले कृषि नीति बनाइरहेको बताएकी छन्। बुधबार काठमाडौंमा आयोजित मकै सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्।

उनले नेपालमा मकै धानपछिको दोस्रो धेरै उत्पादन हुने बालीको रुपमा रहेको बताइन्। उनले मकैलाई प्रोत्साहन हुनेगरी र वास्तविक किसानहरुलाई पहिचान दिने, उत्साहित गराउने र सहानुभूति दिनेगरी कृषिमा आधुनिकीकरण गर्ने योजना सरकारको रहेको बताइन्।

उनले नेपालमा मकैको उत्पादन डरलाग्दो रूपमा घटिरहेको जिकिर गरिन्। उनले सरकारले बनाइरहेको कृषि नीतिमा कृषि बालीहरुलाई प्रोत्साहन दिनेगरी कार्यक्रमहरु ल्याउने र मकैलाई बढावा दिनेगरी नीति निर्माण गरिरहेको बताइन्। उनले नेपाललाई मकैमा आत्मनिर्भर बनाउने गरी कार्यक्रम अघि बढाइने बताइन्।

उनले भनिन्, ‘नेपालमा मकै धानपछिको दोस्रो धेरै उत्पादन हुने बालीको रुपमा पर्छ। मकैलाई प्रोत्साहन हुनेगरी, अझ किसानहरुलाई जो वास्तविक किसानहरुलाई पहिचान दिनेगरी, उत्साहित गराउने गरी, सहानुभुति दिनेगरी कम्तिमा कृषिमा आधुनिकीकरण गर्नेगरी हामीले लैजान सक्यो भने किसानमा मात्र नभई आम जनतामा जो जति बसेका छन् आफ्नोआफ्नो सेक्टरमा बसेर काम गरिरहनुभएको छ, सबैलाई उत्साह दिनेछ। ०१५ देखि २०३५ सम्मको कृषि नीति। कृषि नीतिले यस्तो खालको उद्देश्य बोकेको छ, त्यो उद्देश्य यो मकैलाई कृषिमा जतिपनि बालीहरु हुन्छ, कम्तिमा प्रोत्साहन दिनेगरी कार्यक्रमहरु ल्याउने र यो मकैलाई बढावा दिनेगरी जहाँ नेपालमा जतिपनि खालि जग्गाहरु छ, स्थनीय सरकार, प्रदेश सरकार, संघीय सरकारसँग तीन वटै सरकारसँग जो हामी तीन खम्बे नीतिमा अघि बढ्ने प्रयासमा छौँ।’

मन्त्री साहले मकै अहिले ९ लाख ८५ हजार हेक्टरमा मकै उत्पादन भइरहेको बताइन्। वास्तविक किसानलाई पहिचान गरी १२ वर्षको लागि सहुलियत ऋण दिने व्यवस्था गर्न आवश्यक रहेको बताइन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP