Trending
flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ

सभामुखले डाकेको बैठक दिउँसो २ बजेका लागि सर्‍यो

काठमाडौं : सभामुख देवराज घिमिरेले बोलाएको बैठक सरको छ।

सिंहदरबारमा बिहान साढे १० बजेका लागि बोलाइएको बैठक दिउँसो २ बजेका लागि सरेको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भरतपुरमा रहेको र आउन ढिलो हुने भएपछि बैठक सरेको हो।

सभामुख घिमिरेले प्रमुख चार दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएका हुन्। छलफलका लागि प्रधानमन्त्री, प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपाका सभापति रवि लामिछानेलाई बोलाइएको हो।

सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेका सन्दर्भमा नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठनको मागसहित सदन चल्न नदिने ‘अल्टिमेटम’ दिएकाले सभामुखले दलका शीर्ष नेतासँग छलफल गर्न लागेका हुन्।

घिमिरेले आइतबार नै चारै नेतालाई टेलिफोन गरेर छलफलको समय निर्धारण गरेका हुन्। यसैगरी सभामुख घिमिरेले सोमबार नै दलका प्रमुख सचेतकसँग पनि छलफल गर्ने प्रेस सल्लाहकार अधिकारीले जनाएका छन्।

प्रतिनिधिसभाको बैठक मंगलबारका लागि बोलाइएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP