Trending
flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ

सहकारीसम्बन्धी छानबिन समिति बनाउन रास्वपा नेताको माग

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले सहकारीसम्बन्धी छानबिन गर्न समिति बनाउनु पर्ने बताएका छन्।

आज बिहान फेसबुकमा एक पोस्ट लेख्दै कार्कीले छानबिन समिति बनाएर यो विषय टुंग्याउन अनुरोध गरेका हुन्। सहकारीको साना–साना चिर्कटो देखाएर तर्साउन सकिने मान्छेलाई आफूहरूले सभापति नबनाएको तर्क कार्कीले गरेका छन्।

‘सहकारीको साना(साना चिर्कटो देखाएर तर्साउन सकिने मान्छेलाई हामीले सभापति बनाएका छैनौँ’, उनले लेखेका छन्, ‘प्रश्नबाट भाग्ने र प्रश्नलाई नै बन्द गर्ने कायर र निरंकुश हाम्रो नेतृत्व होइन। संसदीय छानविन भन्छन् कि उच्चस्तरिय अनुसन्धान आयोग बनाउने भन्छन् कि बैंक खाता हेर्छौँ भन्छन् कि के बनाउँ भन्छन्, बनाइदिउँ, देखाइदिउँ। जस्तो कसिमा जाँचिनु पर्ने हो, जाँचिन तयार हौँ। तर यो कुरा सकिदिउँ।’

संसदीय छानबिन समितिको विषय विगतमा आफूहरूले नै उठाउँदै आएको कार्कीको भनाइ छ। संसदीय छानबिनको असल कुरालाई अर्को दलले उठाउँदा त्यो आफूहरूकोविरूद्धमा जस्तो भएको भन्दै त्यो भ्रामक भएको बताएका छन्।

‘संसदीय छानविनको असल कुरालाई अर्को दलले उठाउँदा त्यो हाम्रो विरूद्धमा जस्तो भएको छ’, कार्कीले लेखेका छन्, ‘तर अन्तर्यमा हेर्ने हो भने त्यो मुद्दा त खासमा हाम्रो मुद्दा हो। हाम्रै सभापतिले गरिमामय संसदमा उठाउनु भएको बिषय हो। त्यो कसरी हाम्रा विरूद्धमा हो भन्ने मान्नु? संसदीय समिति हाम्रोविरूद्धमा हो भन्ने कुरा भ्रामक कुरा हो। कसैलाई हाम्रो विरुद्धमा हो भन्ने लाग्छ भने सभापति कै केही अगाडिको कुरासँग त्यो बाझिन्छ।’

सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछाने जोडिएपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले छानबिन समिति गठन गर्नुपर्ने मागसहित संसद अवरुद्ध गरिरहेको छ। तर, सत्तारुढ दलका नेता भने छानबिन समिति नबनाउने भन्दै रविको बचाउमा लागेका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP