Trending
flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित

५० करोडभन्दा माथिका भ्रष्टाचारमा ठूला दलबीचमा राष्ट्रिय सहमति हुने गरेको छ : घनश्याम भुषाल

काठमाडौँ : अर्थशास्त्री हरि रोकाद्वारा लिखित ‘वैकल्पिक अर्थतन्त्र’ आजदेखि बजारमा आएको छ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा पुस्तक सार्वजनिक कार्यक्रममा लेखक रोकाले राजनीतिक वृत्त, नीति निर्माता, बौद्धिक जगत् र समग्र समाजबीच नेपालको अर्थ–राजनीतिबारे वैकल्पिक बहस आवश्यक भएकाले पुस्तक तयार पारेको बताए।

देशमा बहुदलीय व्यवस्था प्रारम्भभएपछि सबै क्षेत्रमा सुधार हुन्छ भन्ने ठानिएकामा यथार्थमा त्यसो हुन नसकेको र राजनीतिक स्वतन्त्रता आए पनि आर्थिक तथा सामाजिक स्वतन्त्रता मुलुकले प्राप्त गर्न नसकेको उनले बताए।

पूर्वकृषिमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले राजनीतिक तहमा अहिलेको अर्थतन्त्रका व्यावहारिक समस्या के हुन् र त्यसको समाधान कसरी खोज्न सकिन्छ भनेर निकै कम चिन्तन हुने गरेको बताए। उद्यम नगर्ने तर मुनाफा खोजीरहने प्रवृत्तिको अन्त्य नभएसम्म समाजवाद हासिल नहुने बताए।

उनले ४०/५० करोडभन्दा माथिका भ्रष्टाचारमा ठूला दलका बीचमा राष्ट्रिय सहमति हुने गरेको पनि आरोप पनि लगाएका छन् ।

अर्थविद् प्राध्यापक अच्युत वाग्लेले अर्थतन्त्रका विषयमा राजनीतिक दलहरुमा निकै कम विमर्श हुने गरेको बताउँदै अर्थतन्त्रबारे सुझबुझ भएका व्यक्तिलाई मुलुकको अर्थतन्त्र सञ्चालनको जिम्मेवारी दिइनुपर्ने बताए।

राष्ट्रिय योजना आयोगका सदस्य गीता पौड्याल अधिकारीले नेपालको आर्थिक नीति निर्माण प्रक्रियाप्रति प्रश्न उठाइन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP