सुशीला मिश्र
विजयनगर, १२ कार्तिक ।
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-५ डालपुरमा आगलागी हुँदा २ घर जलेका छन् । आगलागीबाट काेइला भर र महादेव प्रसाद भरकाे छाप्राेेकाे घर जलेका छन् ।
स्थानीय डाक्टर भरका अनुसार दिउँसो करिब १२ बजेतिर आगलागी भएको हाे । स्थानीयकाे सहयोगमा आगलागीलाई नियन्त्रणमा आएको उनलेे बताए ।
प्रहरी चाैकी ठाकुरापुरका असई अवधेशराज अहिरले आगलागीबाट ६० हजार बढीकाे क्षति भएको जानकारी दिए । उनले खाद्यान्न, लत्ताकपडा, सरसामान र नगदसमेत जलेकाे उनलेे बताए ।
उनका अनुसार काेइला भर राखेकी ५ हजार बृद्धभत्ता र महादेव प्रसाद भरकाे ७ हजार नगद रुपैयाँ जलेका छन् ।दिउँसाे अचानक आगलागी भएको बताउँदै पशुचाैपाया र मानवीय क्षति नभएकाे प्रहरीले जनाएको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया