घनश्याम भर
(विजयनगर) कपिलवस्तु, १२ कार्तिक ।
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-१ नेवलागञ्जमा अवस्थित आधारभूत विद्यालय नेवलागञ्जकाे सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको छ । विद्यालयले सफलतापुर्वक आर्थिक वर्ष २०८१/०८२ सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
विद्यालय अनुगमन संयाेजक सुरेन्द्रराज मिश्र, विद्यालयका विद्यार्थी, शिक्षक र अभिभावकहरूको सहभागितामा सामाजिक परीक्षण कार्यक्रम गरिएको विद्यालयकी प्रधानाध्यापक मधु कुमारी पाैडेलले जानकारी दिइन् ।
प्रधानाध्यापक पाैडेलले अभिभावक र विद्यार्थीमा सामाजिक चेतना र समुदायमा सहकार्यको महत्त्वलाई जाेड दिएकाे बताइन् । शैक्षिक सुधार, गुणस्तरीयता र प्रभावकारीतासँगै विद्यालयले जाे सामाजिक समस्याबारे चासोकाे साथ लागेकाे उनको भनाई छ ।
विद्यालयका प्रधानाध्यापकले कार्यक्रममा सहभागी सबैलाई धन्यवाद व्यक्त गर्दै यो परीक्षण कार्यक्रमले हाम्रा बच्चाहरूलाई मात्रै नभएर सबैतिरको समुदायलाई सशक्त बनाउन मद्दत गर्ने विश्वास लिएकाे जिकिर गरिन् ।
यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश चन्द्र थारुले बालबालिकालाई निरन्तर विद्यालयमा पठाउनुपर्नेमा जाेड दिए । शैक्षिक स्तरलाई मजबुत बनाउन अभिभावककाे महत्त्वपूर्ण भूमिमा भएको बताउँदै बालबालिकाकाे भविष्यलाई मध्यनजर गर्दै अभिभावकले पनि आफ्ना बच्चाहररुकाे पठनपाठनमा ध्यान दिनुपर्नेमा उनले बताए ।
कार्यक्रमको सफलताले विद्यालय समुदायमा सकारात्मक ऊर्जा र सहयोगको भावना थप गर्ने विश्वास व्यक्त गर्दै विद्यार्थीकाे संख्या अनुसार माध्यमिक तह सञ्चालनका लागि पहल भइरहेको थारुले बताए । विद्यालयकाे चाैतर्फी विकासमा व्यवस्थापन समितिले जाेड दिएको उनले बताए ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया