Trending
समाज सार्वजनिक स्थानमा धुम्रपान गर्न ‘स्मोकिङ जोन’ बनाउनुपर्ने माग राजनीति हस्तक्षेप र अपरेशनविरुद्ध देशव्यापी संघर्षका कार्यक्रम घाेषणा अन्तर्राष्ट्रिय भियतनाममा यात्रुबाहक बस दुर्घटना, कम्तीमा ७ जनाको मृत्यु flash नेपालमा हरेक महिना मोबाइलको आयात बढ्दै खेल महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा शनिबार चार खेल समाज गाडीले ठक्कर दिँदा एकजनाको मृत्यु flash प्रधानमन्त्री कार्कीले आज दिउँसो बालुवाटारमा शीर्ष नेताहरुसँग छलफल flash मिश्रले दिए जनजागृतिका ६० विद्यार्थीलाई न्यानो कपडा अन्तर्राष्ट्रिय क्याम्बोडिया–थाइल्यान्ड सीमामा झडप जारी, शान्ति वार्ता असफल हुने खतरा flash जग्गाधनीकै नाममा रहने गरी कित्ताकाट गर्न सकिने नयाँ व्यवस्था

‘स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टर, चितवन युनिट’ औपचारिक रूपमा सञ्चालन

 

चितवन : सहज, पहुँचयोग्य र सहुलियत दरमा स्पाइनल इन्जुरीका बिरामीहरूलाई पुनःस्थापना सेवा दिने उद्देश्यले ‘स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टर, चितवन युनिट’ औपचारिक रूपमा सञ्चालनमा आएको छ। चितवनको नारायणगढ न्युरोडमा स्पाइनल इन्जुरी संघ नेपाल (सिया) द्वारा सञ्चालित यो चितवन युनिट संघको दोस्रो ठूलो केन्द्र हो।

यसअघि काभ्रेको साँगामा २४ वर्षदेखि सञ्चालित केन्द्रले सफलतापूर्वक सेवा दिँदै आएको छ। मुलुकको मध्य भाग र पूर्व–पश्चिम राजमार्गको केन्द्रबिन्दुमा रहेको चितवनमा यो केन्द्र स्थापना भएसँगै मध्य नेपालका स्पाइनल इन्जुरी तथा न्युरोलोजिकल समस्या भएका बिरामीहरूलाई काठमाडौं वा साँगा धाउनुपर्ने बाध्यता अब हट्ने अपेक्षा गरिएको छ।

केन्द्रले स्पाइनल कर्ड इन्जुरी भएका व्यक्तिहरूलाई अस्पतालमा आधारित हेरचाह, पुनस्र्थापना तथा समुदायमा पुनर्एकीकरणको समग्र सेवा प्रदान गर्नेछ। समुदाय–आधारित पुनःस्थापना मोडलका लागि चर्चित यो संस्थाले चितवन युनिटमार्फत मध्य नेपालमा पुनःस्थापनाको नयाँ मापदण्ड कायम गर्ने लक्ष्य राखेको जनाएको छ।

स्पाइनल इन्जुरी संघ नेपालले देशका विभिन्न भागमा यस्ता सेवा विस्तार गर्ने योजनासहित चितवनबाट दोस्रो ठूलो युनिट शुरु गरेको हो।  थाहा खबर 

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP