Trending
flash नागरिक यात्रुको गुनासो र समस्या तत्काल सम्बोधन गर्न यात्रु सहायता कक्ष स्थापना flash राकेश यादवले दिए कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु

‘स्ट्रेट अफ होर्मुज’ छिट्टै खुल्छः अमेरिकी राष्ट्रपति

काठमाडौंः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व ऊर्जा आपूर्तिमा असर पारिरहेको स्ट्रेट अफ होर्मुज छिट्टै खुल्ने दाबी गरेका छन्। इरानको प्रभावकारी नाकाबन्दीका बीच उनले इरानको सहयोग भए पनि नभए पनि अमेरिका आफैँले यो मार्ग सञ्चालनमा ल्याउने दाबी गरेका हुन्।

शुक्रबार पत्रकारसँग कुरा गर्दै ट्रम्पले अमेरिका र इरानबीच पाकिस्तानमा हुने शान्ति वार्ताअघि गल्फ क्षेत्र खोल्ने तयारी भइरहेको बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। उनले यो प्रक्रिया सहज नहुने स्वीकार्दै अन्य देशहरू पनि सहयोगका लागि तयार रहेको उल्लेख गरे।

इरानले स्ट्रेट अफ होर्मुजबाट निस्कने जहाजबाट शुल्क उठाउने योजना बनाएको विषयमा ट्रम्पले कडा प्रतिक्रिया दिँदै ‘त्यो हुन दिइने छैन’ भनेका छन्। उनले कुनैपनि सम्झौतामा इरानसँग ‘परमाणु हतियार नहुने’ मुख्य सर्त हुने स्पष्ट पारे।

युद्धविराम घोषणा भएपनि होर्मुजमा जहाज आवागमन ठप्पजस्तै छ, जसले विश्वको करिब पाँचौँ हिस्सा तेल र ग्यास आपूर्तिमा अवरोध पु¥याएको छ। सयौँ जहाजहरू अझै पनि खाडी क्षेत्रमा अलपत्र परेका छन्।

शनिबार इस्लामावादमा अमेरिका र इरानबीच वार्ता हुने तय भएको छ, जसले दीर्घकालीन शान्ति स्थापनामा भूमिका खेल्ने अपेक्षा गरिएको छ। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP