सुनौलो हजार दिने आमालाई पोषण बाली, समृद्ध हुँदै गाउँघरको थाली

सुशीला मिश्र

(विजयनगर) कपिलवस्तु, २३ बैशाख ।

आमा र साना बालबालिकाको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको जीवनको सबैभन्दा संवेदनशील चरण-सुनौलो १००० दिन-लाई केन्द्रमा राख्दै कपिलवस्तुको विजयनगर गाउँपालिका-१ मा आशा जगाउने पहल गरिएको छ । पोषण अभावले जकडिएको ग्रामीण यथार्थबीच यहाँका आमाहरूका हातमा पोषणयुक्त बालीका बीउ पुगेका छन् । जसले केवल खेती होइन, भविष्यप्रतिको भरोसा पनि रोप्ने अपेक्षा गरिएको छ ।

गाउँपालिकाको समन्वयमा सेचेन करूणाद्वारा आयोजित तथा करूणा सेचेनको सहयोगमा सम्पन्न कार्यक्रममार्फत सुनौलो १००० दिने आमाहरूलाई लक्षित गरी पिँडालु, तरुल, अदुवा, बेसार, करेला, घिरौला र फर्सीका बीउसँगै पानी हाल्ने क्यान वितरण गरिएको हो । २ सय ५० भन्दा बढी महिलाहरू यसबाट लाभान्वित भएका छन् ।

कार्यक्रममा बोल्दै सेचेन करूणाका खाद्य सुरक्षा तथा आर्थिक विकास कनिष्ठ कार्यक्रम अधिकृत तिलक राम भुसालले घरमै पोषणयुक्त उत्पादन बढाएर आमा र बालबालिकाको स्वास्थ्य सुधार्ने लक्ष्य राखिएको बताए । “यसले केवल पोषण सुधार मात्र होइन, खाद्य सुरक्षा र आम्दानी वृद्धिमा समेत टेवा पुर्‍याउँछ,” उनले भने ।

यस्तै स्वास्थ्य तथा सरसफाई कार्यक्रम अधिकृत प्रमिला अर्यालले जीवनको पहिलो १००० दिनलाई ‘भविष्य निर्माणको आधार’ को रूपमा चित्रण गरिन् । “यस अवधिमा पोषणको कमी भए त्यसको असर जीवनभर रहन सक्छ,” उनले भनिन्, । त्यसैले सन्तुलित आहार र सरसफाईमा विशेष ध्यान दिन आवश्यक रहेको जिकिर गरिन् ।

यो पहल केवल बीउ वितरणमा सीमित छैन । यसले गाउँघरमा पोषणप्रतिको चेतना जगाउने, कुपोषण घटाउने र दिगो कृषि अभ्यासलाई प्रवर्द्धन गर्ने दीर्घकालीन लक्ष्य बोकेको छ । साना प्रयासहरूले ठूलो परिवर्तन ल्याउन सक्छन् भन्ने सन्देशसहित विजयनगरमा रोपिएका यी बीउहरू अब स्वस्थ र समृद्ध भविष्यतर्फको संकेत बनेका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP