Trending
flash नागरिक यात्रुको गुनासो र समस्या तत्काल सम्बोधन गर्न यात्रु सहायता कक्ष स्थापना flash राकेश यादवले दिए कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु

राष्ट्रिय स्वाधीनता सबैभन्दा अप्ठ्यारोमा : प्रचण्ड

काठमाडौँ : नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको राष्ट्रिय स्वाधीनता सबैभन्दा अप्ठ्यारोमा पुगेको बताएका छन्।

जेनजी आन्दोलनपछिका सबै परिघटनाले मुलुकको स्वाधीनता निकै अप्ठ्यारो अवस्थामा पुगेको प्रचण्डको तर्क थियो। आइतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मुलुकलाई सो संकटबाट जोगाउन लागि सबै देशभक्त कम्युनिष्टबीच एकता आवश्यक रहेको बताए।

उनले सबै कम्युनिष्ट पार्टीहरूभित्र सिंगै कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गरेर अघि बढाउने आवाज उठेकाले नेतृत्वले त्यसलाई स्विकारेर अघि बढ्नुपर्ने बेला आएको पनि बताए।

प्रचण्डले भने, ‘अहिले सबैभन्दा बढी राष्ट्रिय स्वाधीनता अप्ठ्यारोमा पुगेको छ। कम्युनिष्ट आन्दोलनलाई संकटमा धकेल्ने निकै ठूला कसरत भइराखेका छन्। भदौ २३, २४ पछि नेपालमा नकारात्मक परिघटना देखापरेका छन्।’

त्यस अवसरमा प्रचण्डले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध अभिभावकीय भूमिका निर्वाह गरिदिन नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहलाई आग्रह पनि गरे। थाहा खबर 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP