Trending
flash कृष्णनगरमा छठकाे अवसरमा मंगलबार सुर्याेदयसँगै विशेष प्रसाद वितरण कार्यक्रम हुने अन्तर्राष्ट्रिय आक्रमणमा समूहका मुख्य नेतासहित ठूलो सङ्ख्यामा आतङ्ककारी मारिए स्वास्थ्य खोप शाखाले उपलब्ध गराएको विवरणअनुसार हैजा रोगविरुद्धको खोप राजनीति दुस्मनलाई साथी ठानियो भने क्रान्ति असफल समाज पहिलाको जस्तो टोपीको व्यापार यस वर्ष नभएको न्युरोडका व्यापारी समाज भुरुङ–तातोपानी कुण्डे ‘रिफ्रेस सेन्टर’को रूपमा विकास राजनीति सरकार र राजनीतिक दलहरूलाई खबरदारी गरिदिन आग्रह राजनीति क्षेत्रमा लगानी विस्तार गरी कोषलाई प्रभावकारी रूपमा अगाडि बढाउन आवश्यक flash हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले रुपन्देहीमा संगठन विस्तार समाज तलबवृद्धिको माग गर्दै मणिपाल शिक्षण अस्पतालका नर्स असोज २४ गतेदेखि आन्दोलन

बागेश्वरी मन्दिरको ८४ बिघा जग्गा बिक्री प्रकरणमा थप अनुसन्धान हुँदै


बाँके

प्रसिद्ध बागेश्वरी मन्दिर गुठीको ८४ बिघा जग्गा रैकर बनाएर बिक्री वितरण गरेको पाइएपछि थप खोजी सुरु भएको छ ।

भूमि सुधार तथा मालपोत कार्यालय बाँके र मन्दिर व्यवस्थापन समितिले थप खोजी कार्य अघि बढाएका हुन् । यसै विषयमा बुधबार जिल्ला प्रशासन कार्यालय बाँकेमा बैठक बोलाएको थियो । मालपोत कार्यालय बाँकेको २०२७ साल पुस १३ गतेको निर्णयअनुसार बागेश्वरी गुठीको जग्गालाई परम्परा पालन गर्ने र मालपोत तिर्ने गरी रैकर बनाइएको हो ।

गुठी रैतान नम्बरी ९रैकर० जग्गा धितो,बन्धक र खरिद बिक्री गर्न सकिने व्यवस्था रहेको छ । यही निर्णयपछि बागेश्वरी मन्दिरको जग्गा बिक्री वितरण सुरु भएको प्रारम्भिक अनुसन्धानमा देखिएको भूमि सुधार तथा मालपोत कार्यालय बाँकेले जनाएको छ । रैकर भएलगत्तै पनि मन्दिरका पुजारी चन्दननाथ र हरिहरनाथको नाममा सुरुमा जग्गा भएको देखिन्छ ।

यसरी रैकर बनाइएको जग्गा विभिन्न व्यक्ति हुँदै सयौँ कित्ताकाट भइसकेको अवस्थामा भेटिएको छ । मालपोतको तथ्यांकअनुसार नेपालगञ्ज, जानकी गाउँपालिकाको साविक इन्द्रपुर ३ ९क र खजुरा गाउँपालिकामा गरी करिब एकसय बिघा जग्गा रहेकोमा इन्द्रपुर ३९क को सबै ८४ बिघा जग्गा बिक्री वितरण भएको पाइएको छ ।

बागेश्वरी मन्दिर रहेको नेपालगञ्जको जग्गासमेत मन्दिरको नाममा आउन सकेको छैन । मन्दिरको जग्गा गुठीअन्तर्गत भए पनि विवादका कारण दर्ता हुन नसकेको हो ।

बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शमशेर राणाले मन्दिरको नाममा जग्गा दर्ता गर्ने प्रक्रियामा रहेको जानकारी दिँदै जग्गा बिक्री वितरण भएको विषयमा समेत अध्ययन भइरहेको बताउनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP