Trending
flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास

कांग्रेसका सदावहार नेता वीरेन्द्र कनौडिया

सरल स्वभावले सबै सँग मिलनलसार वीरेन्द्र कनौडिया । हरेक दिन विहान उठे देखि उनको दैनिकी सर्वसाधारण र कार्यकर्ता भेटघाटमा वित्ने गर्छ । कार्यकर्ता र सर्वसाधारणका काममा घण्टौं समय विताईरहेका कनौडियाको यो शिलशिला चलेको वषौं भयो ।
कनौडियाको पुख्र्यौली थलो कपिलवस्तुको वडा नं. २ कृष्णनगर हो । सामाजिक सेवामा लागिरहने मारवाडी परिवारको जीवन साधारण र सरल छ । त्यही मारवाडी परिवारका सदस्य वीरेन्द्र कनौडिया कपिलवस्तु जिल्लाका नेपाली कांग्रेसका सदावहार नेता परिचित छन । नेपाली कांग्रेस पार्टीमा उनको योगदान निरन्तर छ । पार्टीमा नयाँ कति आउँछन पुराना कति जान्छन । तर उनी अविछिन्न पार्टी संगठनमै छन्,जहिले देखी कांग्रेसमा आवद्ध भए । विचलित नभएर कृष्णनगरमा सति शाल मmैं उभ्भिएका छन् । जनताका काम र कार्यकर्ताबीच उनको दिनचर्या यसरी अघि बढीरहेको ४३ वर्ष वितिसकेको छ ।
उनका छिमेकी उनलाई प्रेम र सम्मानपुर्वक मन्त्री ज्यु नै भनेर सम्बोधन गर्छन । संवाद गर्दा सम्बोधनको प्रति उत्तरमा कनौडिया प्राय साइनो जोडेर कुरा गर्छन् । युवा पीढिंलाई नाम र साईनो दुवै तरिकाले सम्बोधन गर्छन । जसले उनलाई थप लोकप्रिय बनाएको छ । २०५६ सालमा मन्त्री भएदेखि उनि प्रतिको सर्वसाधारणको सम्मानको यो उचाँईमा कहिल्यै कमी आएन ।
वि.सं.२०१६ सालमा कपिलवस्तुको कृष्णनगरमा जन्मिएका कनौडियाको विद्यालय जिवन कृष्णनगर स्थित महेन्द्र माध्यामिक विद्यालयमा वित्यो । वि ए सम्मको अध्ययन नेपालगन्जको महेन्द्र वहुमुखी क्याम्पसमा गरे । थप उच्च शिक्षाका लागी उनि लखनऊ विश्वविद्यालय भर्ना भए । त्यहाँबाट कानुन विषयमा अध्ययन पुरा गरे । कनौडिया अध्ययनसँगै पुख्र्याैलि ब्यापार व्यवसाय भन्दा बढी जनताको सेवामा जुट्न थाले ।
माता सावीत्री देवी र पीता ओमप्रकाश कनौडियाको कोखबाट जन्मिएका साइला छोरा हुन कनौडीया । सुलेखा कनौडिया सँग वि.सं. २०४२ फागुन २९ गते वैवाहिक जिवनमा वाँधिए । कनौडियाको समय परिवारका लागी निकै थोरै मिल्ने गरेको धर्मपत्नी सुलेखा बताउँछिन् ।
कलिलो उमेरमा नै कांग्रेसमा जोडिए कनौडिया । ०३६ सालको जनमत संग्रह ताका पञ्चायती शासनका विरुद्ध आन्दोलनमा सक्रिय हुँदै नेपाली कांग्रेसको पार्टी सदस्यता लिएका कनौडिया राज्यको नजरमा तारो बनिरहे ।
प्रजातन्त्रको उदयसँगै ०४९ सालमा जिल्ला विकास समिति कपिलवस्तुको उप सभापति भए । प्रजातन्त्र स्थापनामा युवा अवस्थाको उर्जा खर्चेका कनौडिया २०५६ सालमा प्रतिनिधि सभा सदस्यमा विजयी भएका थिए । उनलाई तत्कालिन अवस्थामा कांग्रेसले विश्वास स्तम्भका रुपमा उम्मेद्वार बनाएर अवसर दियो ।

२०५८ सालमा जलश्रोत राज्य मन्त्री भईसकेका कनौडिया पार्टी संगठनमा पटक पटक महाधिवेशन प्रतिनिधि भएर केन्द्रिय नेतृत्व चुन्ने काममा महत्वपुर्ण भूमिका निर्वाह गरेका छन् ।

राजनीतिमा लागेकै कारण व्यावसायमा समय दिन नसक्दा उनको व्यावसाय सोचे जस्तो माथि उठ्न सकेन । तर पार्टी कार्यकर्ता र जनताको साथमा उनले खर्चेको यो ४३ वर्षको जिवन प्रति भने उनलाई कुनै गुणासो छैन ।
जिन्दगी एक सफर है सुहाना……गुनगुनाउँदै कनौडिया भन्छन–‘म राजनीतिक कर्म देखि कहिल्यै असन्तोष भएको छैन ।’ हिन्दी चलचित्र ‘अन्दाज’को गीत फेरी जोड्छन कनौडिया–‘यहाँ कल क्या हो किस्ने जाना…….।’ भोलि कस्ले देखेको छ र त्यसैले जे गर्छु जनताका लागी भनेर अहिले नै गर्छु ।
चुनावी माहोलमा कृष्णागर पुख्यौलि थलोमा बसेर काम गर्दा जिवनको सन्तुष्टि भरपुर मिल्छ कनौडियालाई । कनौडिया अगाडी भन्छन –‘जनता र पार्टीले दिएको जिम्मेवारीबाट कहिल्यै भागेको छैन।’
कपिलवस्तु क्षेत्र नं. ३(२) का प्रदेश सभा सदस्य उम्मेद्वारलाई उनको क्षेत्रमा भावी मुख्य मन्त्रीका रुपमा समेत हेर्ने गरिएको छ ।
यीनै कनौडिया पछिल्लो समय लुम्बीनी प्रदेश नेपाली कांग्रेस संसदीय तलका नेता समेत भए । ‘सभाषद बनौंला,संसाद हुँला,मन्त्री हुँला भनेर राजनीतिमा कहिल्यै लागेको थिईन् ।’–कनौडियाको यो अनुभुति कांग्रेस प्रतिको सम्पर्ण पनि हो । यिनै कनोडिया मंसिर ४ गते हुने निर्वाचनमा अब्बल उम्मेदवारको रुपमा देखिएका छन्

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP