Trending
flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ

सबै लागेर देशको पहिचान जोगाऊँ : माधव

भजनी : नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको पहिचानलाई जोगाउन समाजका सबै वर्ग लाग्नुपर्ने बताएका छन्। कैलालीको टीकापुरमा आज सुरु भएको नागरिक उन्मुक्ति पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा उनले देशको पहिचान जोगाउन सबैले लाग्नुपर्ने बताएका हुन्।

“आज यो वा त्यो भनेर पहिचानका ‘एजेण्डा’ बाहिर आउन थालेका छन्। त्यसले सिङ्गो देशको पहिचानलाई सङ्कटमा पुर्‍याउन सक्छ”, पूर्वप्रधानमन्त्री नेपालले भने, “हामीले जात, धर्मको नाममा पहिचान खोज्नुभन्दा सिङ्गो देशको पहिचानलाई समेट्दै देशको समृद्धिका निम्ति लाग्नु अहिलेको आवश्यकता हो ।”

अध्यक्ष नेपालले गणतन्त्रका विरुद्धमा केही संयन्त्र लागेका बताउँदै देशको वर्तमान व्यवस्थालाई कसैले फेरबदल गर्न सक्दैन भने। “दलीय व्यवस्थाभन्दा निरङ्कुश एकदलीय व्यवस्था कदापि राम्रो हुन सक्दैन। विगतमा त्यही व्यवस्था ढाल्नका लागि त्यत्रो आन्दोलन गर्नुपर्यो, बरु कुनै पार्टी ठीक नहोलान्, कुनै नेता ठिक नहोलान्, तर तिनको विकल्प अर्को पार्टी र अर्को नेता हुनसक्छ निरंकुश एकदलीय व्यवस्था हुन सक्दैन”, उनले भने।

विगतमा अधिकारका लागि भएका अप्रिय घटनाले ठूलो क्षति पुर्याएको बताउँदै अध्यक्ष नेपालले आगामी दिनमा त्यस्ता घटना हुन नदिनेतर्फ सधैँ सचते हुनुपर्नेमा जोड दिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP