Trending
flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ

शिक्षा समिति बैठक : विद्यालय तहमा नैतिक शिक्षाको बहस

काठमाडौं : शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा पुनः ‘नैतिक शिक्षा’ विषयको बहस उठेको छ। बिहीबार पाठ्यक्रम विकास केन्द्र र राष्ट्रिय परीक्षा बोर्डसँग शिक्षा विधेयकका सम्बन्धमा भएको छलफलमा सांसदहरूले किन नैतिक शिक्षा हटाइयो? भन्दै पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक बैकुण्ठ प्रसाद अर्यालकै अगाडि प्रश्न गरे।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं समितिका सदस्य डा.तोसिमा कार्कीले अहिलेको अवस्थामा नैतिक शिक्षाको आवश्यक रहे पनि किन हटाइयो भन्दै प्रश्न गरिन्। ‘म कक्षा ५ मा नै मोरल साइन्स पढेको थिएँ, त्यसबेला मान्छेहरूलाई नैतिकतावान बनाउन निकै महत्वपूर्ण भूमिका खेलेको थियो,तर यो किन हटाइयो?,फेरि राख्न खोजिएको छ कि छैन?,’उनले भनिन्।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद एवं समितिका सदस्य कालुराम राईले अबको पाठ्यक्रममा नैतिक शिक्षा राखिनुपर्ने माग गरे।

‘नैतिक शिक्षा, कसरी स्वास्थ्यलाई सुरक्षित राख्ने,अपांगता भएकाहरूको लागि, ट्राफिक नियमबारे पाठ्यक्रममा समावेश गरिनुपर्छ,’उनले भने।

नेपाली कांग्रेसका सांसद एवं समितिका सदस्य डा. चन्द्रकान्त भण्डारीले पनि नैतिक शिक्षा आजको आवश्यकता रहेको बताए। उनले भने,‘हामीले सुरूमै कसरी बिजुली, ग्यासको प्रयोग गर्ने र सम्भावित जोखिमबाट कसरी बच्ने भनी पाठ्यक्रममा समावेश गरेनौँ, म आफैँ पनि घटनामा परेँ, भोगे, त्यसैले यसबारे सुरक्षित हुन उपायहरू समावेश गरिनुपर्छ,नैतिक शिक्षाको आवश्यक छ।’

उनले पछिल्लो समय अत्यधिक जंकफुडको प्रयोग भइरहेको बताउँदै यसबाट हुने असर र छुटकाराका कुराहरूलाई पनि समावेश गर्नुपर्ने माग गरे। नेकपा एमालेका सांसद एवं समितिका सदस्य विद्या भट्टराईले पाठ्यक्रम विकास केन्द्रले बनाएको पाठ्यक्रम निजी विद्यालयले किन लागू गर्न नमानेको? भन्दै प्रश्न गरिन्।

२०८६ मा नयाँ पाठ्यक्रम परिमार्जन गरिँदै

पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक अर्यालका अनुसार नैतिक शिक्षा २०६०-०६१ को पाठ्यक्रम परिमार्जन गर्दा हटेको देखिन्छ। ‘किन हटाइयो भन्नेमा त्यसबेलाको अवस्था नै हटाउनुपर्ने थियो होला, अहिले सामाजिक शिक्षा भनेर राखिएको छ, कन्टेन्ट त्यही हो, ट्रान्सफर भएको छ,खाली नाम मात्रै फरक हो, अरू लाइफस्टाइल मोडिफिकेसन, विपद्, ट्राफिक नियम पनि पाठ्यक्रममा समावेश छन्,’उनले भने।

उनले यी सबै विशेषगरी सामाजिक शिक्षा,शारीरिक शिक्षा र विज्ञान विषयमा समावेश भएकाले त्यहाँ हेर्न सकिने पनि सांसदहरूलाई सुझाव दिए। ‘कहीँ कन्टेन्ट तलमाथि धेरथोर भएको हुनसक्छ, सबै समावेश गर्ने प्रयास भइरहेको छ, अर्को राष्ट्र राष्ट्रियताप्रति बफादार हुने, प्रमोट हुने,गर्ने पाटोहरूमा हाम्रो करिकुलममा कहीँ न कहीँ अभाव छ कि भन्ने छ, विज्ञहरूको फिडब्याक पनि छ,यी कुराहरूलाई हामीले समावेश हुने गरी तयारी गरिरहेका छौँ,’उनले भने।

उनका अनुसार पाँच वर्षमा करिकुलम रिभिजन हुन्छ। अपडेट हुन्छ। ‘१० वर्षमा सबै परिमार्जन गर्छौं, अब २०८६ सालमा नयाँ पाठ्यक्रम हुन्छ,’उनले भने। अहिले भइरहेको पाठ्यक्रममा अनुसन्धानमा आधारित भने बनाउन नसकिएको उनले बताए।

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP