Trending
flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ

मुख्यमन्त्रीलाई साँघुरो भयो कार्यकक्ष, मन्त्रालय हटाएर विस्तारको तयारी

२ माघ, पोखरा । सर्वसाधारणलाई सीप सिकाएर स्वरोजगार बनाउन भनेर पोखराको पार्दीमा व्यावसायिक तथा सीप विकास तालिम केन्द्रको भव्य भवन बनेको थियो । भवनको अगाडि भागमा ५५ वटा झ्याल रहेकाले ‘५५ झ्याले दरबार’ समेत भनिने भवनको निर्माण सक्दा नसक्दै ०७४ मा प्रदेश सरकारहरु गठन भए ।

गण्डकीको राजधानी पोखराको उक्त भवनमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थ मन्त्रालय र आन्तरिक मामिला मन्त्रालय राखियो । तर मुख्यमन्त्री कार्यालय साँघुरो भएको भन्दै अहिले यहाँ रहेका दुई मन्त्रालय हटाएर मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका रुपमा मात्रै प्रयोग गर्न लागिएको छ ।

मुख्यमन्त्री कार्यालयका प्रवक्ता प्रवीण ढकालले भने, ‘मुख्यमन्त्रीलाई भेट्न विभिन्न विदेशी कूटनीतिक नियोगबाट पनि आउने र अहिले भइरहेको कार्यकक्ष पनि साँघुरो हुने, विभिन्न निकायबाट डेलिगेसन आउने भएकाले फराकिलो बनाउँदा व्यवस्थित हुन्छ भन्ने छ । क्याबिनेट (मन्त्रिपरिषद बैठक) भइराख्ने हल पनि साँघुरो भइराखेको छ ।’

यो भवनमा रहेको अर्थ मन्त्रालय शहीद चोकस्थित पहिले आन्तरिक मामिला मन्त्रालय रहेको भवनमा सारिएको छ । आन्तरिक मामिला र कानुन मन्त्रालय मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे मातहत नै रहेकाले छुट्टै कार्यालय छैन । यो मन्त्रालय मुख्यमन्त्री कार्यालय मातहतका महाशाखाका रुपमा मात्र रहनेछ ।

मुख्यमन्त्री कार्यालय मातहत बैठक तथा प्रशासन, शासकीय सुधार तथा समन्वय, कानुन तथा संवैधानिक मामिला र आन्तरिक मामिला तथा सञ्चार महाशाखा छन् ।

कस्तो हुनेछ कार्यालय ?

यो भवनमा ३ वटा ब्लक छन् । अहिले मुख्यमन्त्रीको कार्यकक्ष भुइँतलामा छ, भुइँतलामै मन्त्रिपरिषदको बैठक बस्ने र साना कार्यक्रम गर्ने हल पनि छ ।

अब साविकको आर्थिक मामिला मन्त्रालय भएको ठाउँमा मुख्यमन्त्रीको कार्यकक्ष र सचिवालय बनाउने तयारी भइरहेको छ । ‘अहिले जो बाहिरबाट आउनुहुन्छ, सिधै कार्यकक्षमा पुग्ने अवस्था छ । सुरक्षाका हिसाबले पनि व्यवस्थित बनाउन लागिएको हो’ प्रवक्ता ढकालले भने, पत्रपत्रिका पढ्ने ठाउँ पनि बनाइँदैछ ।’

अहिले मुख्यमन्त्रीको कार्यकक्ष र सचिवालय रहेको ठाउँमा मन्त्रिपरिषदको बैठक हल बनाइनेछ । भेट्न आउनेका लागि प्रतिक्षा कक्ष पनि हुनेछ ।

मुख्यमन्त्री कार्यालय मातहतका प्रत्येक महाशाखामा २/२ शाखा छन् । ४ जना प्रदेश सचिव र ८३ जनाको कर्मचारी दरबन्दी रहेको मुख्यमन्त्री कार्यालयको भित्री संरचनाको कतिपय डिजाइनको काम चलिरहेकाले यस्तो हुन्छ र यति खर्च लाग्छ भनेर भन्न नसकिने प्रवक्ता ढकालले बताए ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसहित कुनै पनि जग्गा र संरचना प्रदेश मातहत आएका छैनन् । प्रदेशका मन्त्रालय र मातहतका जग्गा तथा संरचना प्रदेशलाई हस्तान्तरण गर्न २०७५ साउन १६ गतेको मन्त्रिपरिषदको बैठकले निर्णय गरेर संघीय सरकारसँग माग गरेको भए पनि अहिलेसम्म प्राप्त भएको छैन ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP