Trending
flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ

माओवादी केन्द्रको विधान महाधिवेशनमा १ हजार रुपैयाँ शुल्क

२ माघ, काठमाडौं । माओवादी केन्द्रले आगामी फागुन पहिलो साता हुने पार्टीको विधान महाधिवेशन हलमा प्रवेशका लागि १ हजार रुपैयाँ शुल्क तोक्ने निर्णय गरेको छ ।

गत पुस २८ गते बसेको पार्टीको स्थायी समिति बैठकले महाधिवेशनमा प्रतिनिधिहरूले हल प्रवेश गर्नुभन्दा पहिले आफूले बुझाउन बाँकी लेवी र प्रवेश शुल्क अनिवार्य रुपमा बुझाउनु पर्ने निर्णय गरेको छ ।

विधान अधिवेशनमा केन्द्रीय सदस्यहरू, वैकल्पिक केन्द्रीय सदस्यहरू, केन्द्रीय सल्लाहकारहरू, केन्द्रीय जेष्ठ कम्युनिष्ट मञ्चका सदस्यहरू र केन्द्रीय आयोगका सदस्यहरू पदाधिकारी हुन पाउनेछन् ।

यस्तै प्रदेश समितिका पदाधिकारीहरू, जिल्ला संयोजकहरू, महानगरका अध्यक्षहरू, केन्द्रीय विभागका सचिवहरू, केन्द्रीय ज.व.स./मोर्चाका प्रमुखहरू विधान अधिवेशनका प्रतिनिधिहरु हुने माओवादीले जनाएको छ । विधान अधिवेशन फागुन १ देखि ३ गतेसम्म नेपाल प्रज्ञा प्रतिष्ठानको भवन कमलादी काठमाडौंमा गर्ने निर्णय माओवादीले गरेको छ ।

माओवादी केन्द्रले विधान अधिवेशनका लागि तयार पारेको विधान मस्यौदा वडा, पालिका, जिल्ला र प्रदेश स्तरमा छलफलका लागि पठाइसकेको छ ।

मस्यौदा विधानमाथि माघ २१ गतेसम्म छलफल गरी लिखित सुझाव केन्द्रीय कार्यालयमा माघ २४ गतेभित्र अनिवार्य रुपमा पठाउनु माओवादीले निर्देशन दिएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP