Trending
flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ

हाम्रो दबाब यात्राले योजनाको काम छिट्टै सकिने विश्वास छ : रास्वपा

४ माघ, काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले दबाब यात्राले सुस्त रहेका योजनालाई छिटो काम सम्पन्न गर्न दबाब सिर्जना गर्ने स्पष्ट पारेको छ।

बुधबार रातिसम्म चलेको केन्द्रीय समितिको बैठकले देशभरका विभिन्न २७ वटा निर्माणाधीन विकास विकास आयोजनामा दबाब यात्रा गर्ने निर्णय गरेको हो।

जनतासँग प्रत्यक्ष जोडिएका आयोजनाको निर्माण कार्यलाई गति दिन दबाब यात्राले सहयोग पुग्ने बताइएको छ। बिहीबार काठमाडौंमा न्युज एजेन्सी नेपालसँग कुरा गर्दै पार्टीका सहप्रवक्ता कविन्द्र बुर्लाकोटीले राष्ट्रिय स्वतन्त्र पार्टी स्थानीयदेखि संघीय संरचनामा प्रतिपक्षीको भूमिकामा रहेकाले विकास निर्माणको कामको अनुगमन र दबाब दिन परेको बताए।

स्थानीय जनता, सरोकारवाला, स्थानीय पत्रकारहरुसहित आयोजनास्थलमा गएर दबाब दिने कार्यक्रम रहेको बताए। आयोजना स्थलमा निर्माण व्यवसायी, आयोजना प्रमुखसँग बसेर आयोजना निर्माणको गति बढाउन अन्तरक्रिया सहजीकरण गर्ने योजना रहेको प्रवक्ता बुर्लाकोटीले बताए।

दबाब यात्रा शुरु गर्ने टोली र समयबारे अर्को बैठकले निर्णय गर्नै सहप्रवक्ता बुर्लाकोटीले बताए।

रास्वपाले टनकपुर रिङरोडदेखि रवि राँके सडकसम्म २७ वटा आयोजनामा दबाब यात्रा गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP