४ माघ, काठमाडौँ : कृषि तथा पशुपक्षी विकासमन्त्री डा. वेदुराम भुसालले रैथाने बालीलाई बढी उत्पादनशील बनाउन आवश्यक रहेको बताएका छन्।
बिहीवार ललितपुरमा आयोजित दोस्रो राष्ट्रिय कृषि जैविक विविधता दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले रैथाने बाली र पशुपक्षीको संरक्षण गर्नुपर्ने आवश्यकता रहेको बताए। उनले रैथाने बालीको संरक्षण गर्न नसके निश्चित क्षेत्रमा राखेर संरक्षण गर्न जरुरी रहेको बताए।
उनले उत्पादन बढी गर्ने बीउको प्रयोग गर्न नसके खाद्यान्न संकट निम्तिने बताए। उनले खाद्य संकट र रैथाने बालीको संकटको समाधान गर्नुपर्ने वेला आइसकेको बताए।
उनले भने, ‘वातावरणीय परिवर्तनसँगै धेरै खालका जीवजन्तु र वनस्पतिको जीवनलीला समाप्त भएको छ। अहिले पनि हाम्रो जलवायु परिवर्तन व्यापक रूपमा हुँदै गइरहेको छ। यस्तो परिस्थितिमा सबै बाँच्छन् भन्न सकिँदैन। हामीले जैविक विविधताको चर्चा गरिरहेका छौँ। एकातर्फ हामीले रैथाने बालीको संरक्षण गर्नुपर्ने छ। हाम्रा परम्परादेखि प्रयोग भएर आएका रैथाने बाली, पशुपक्षीको संरक्षण पनि गर्नुपर्ने छ। साथै हाम्रा चुनौती उत्पादन वृद्धि गर्नुपर्नेछ। हामीले तिनै रैथाने बालीबाट हामीलाई चाहिने जति उत्पादन गर्नसक्छौँ कि सक्दैनौँ भन्ने प्रश्न हाम्रासामु छ।
मन्त्री भुसालले रासायनिक मलको प्रयोग घटाउँदै लैजानुपर्ने बताए।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया