Trending
flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ

गठबन्धनको जात देशद्रोही, गोत्र निकम्मा : ओली

४ माघ, काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तागठबन्धनलाई देशद्रोहीको संज्ञा दिएका छन्।

पार्टी निकट नेपाल खेलकुद महासंघको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै ओलीले गठबन्धन दलहरू भ्रष्टाचार र तस्करीको संरक्षक भएको आरोप पनि लगाए।

‘गठबन्धनमा भएका सबै लोभिपापीहरू हुन्। यिनीहरूको घाँटी मात्र होइन सिंगै शरीर जोडिएको छ। यी एकै वंश, एकै नश्लका हुन्। यिनको गोत्र निकम्मा हो। यिनको जात देशद्रोही हो। यिनीहरू एकै ठाउँमा बस्छन्।’ ओलीले भने।

गठबन्धनका कुनै पनि दलले आफूहरूसँग एक्लै भिड्ने आँट गर्न नसक्ने भन्दै उनले सरकार अहिले बुख्याँचाजस्तो भएको टिप्पणी गरे।

‘गठबन्धनमा रहेका हाम्रा विरोधी कोही पनि हामीसँग एक्लै भिड्ने आँट गर्दैनन्। सबै जोडेर सरकार बनाएका छन्। सरकार तरकारी बारीको बुख्याँचा जस्तो छ। अहिले त्यसका टाउकामा सुगा पनि बस्छ, काग पनि बस्छ। किनभने सबैले चिनिसके यसले केही गर्दैन।’ ओलीले भने, ‘यो सरकार निकम्मा मात्र होइन भ्रष्टाचारको संरक्षक, तस्करीको संरक्षक, कमिशनखोरीको आयोजक र संरक्षक हो।’

उनले आफूहरू मिसन ८४ मा रहे पनि त्यसअघि नै निर्णायक आन्दोलन गर्नसक्ने संकेत गरे। सरकारविरुद्ध निर्णायक आन्दोलन गर्ने भन्दै कार्यकर्तालाई तयारी अवस्थामा रहन पनि उनले आग्रह गरेका छन्।

‘हामीले जनताको बलमा आन्दोलनमा उत्रिनुपर्ने र देश बर्बाद हुनबाट जोगाउनुपर्ने अवस्था छ। त्यसअघि सशक्त रुपमा हामीले आफूलाई सुसंगठित गर्नुपर्नेछ। पार्टीले जति बेला सिट्ठी बजाउँछ त्यति बेला आन्दोलनका मैदानमा दौडिएर पुग्नेगरी तयारी अवस्थामा रहनुहोला।’ ओलीले भने, ‘हामीलाई धेरै दिनको समय नहुन सक्छ। छोटो ३ दिनको तयारीमा हामी राष्ट्रिय आन्दोलनमा उत्रिनुपर्ने हुनसक्छ। अहिले हामी निर्णायक लडाइँ लडिरहेका छौं। उनीहरूले जस्तोसुकै प्रहार गर्न सक्ने अवस्था छ। उनीहरू आतंकित छन्। एक्लै लड्न सक्दैनन्। हामी एक्लै ८० सिट ल्याउँछौँ। उनीहरू एक्लै भए भने २०/३० सिट पुऱ्याउने कोही हुँदैन। समानुपातिकको भोट नहुने हो भने यिनीहरुको बेहाल हुन्छ। गठबन्धन देशका लागि हानिकारक र घातक छ।

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP